site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभर बदली, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
Sarbottam CementSarbottam Cement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । तराई भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । “आज काठमाडौंमा केही समय मौसम खुले पनि अपराह्नपछि पानी पर्नेछ,” मौसमविद् शाक्य भन्छिन्, “काठमाडौंमा भारी वर्षाको भने सम्भावना छैन ।”

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Global Ime bank

काठमाडौं आज राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त स्थानका पहाडी  भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसमविद् शाक्यको आग्रह छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC