site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेम्वाङलाई रामचन्द्रको जवाफ– मेरो सभापति चतुर हुनुहुन्छ, कांग्रेस फुट्दैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङबीच सवाल–जवाफ भएको छ । नेपाली रेडियो नेटर्वकको ५ औँ वार्षिक उत्सवमा आयोजित एक कार्यक्रममा दुई नेताबीच सवाल–जवाफ भएको हो । 

कार्यक्रममा बोल्दै नेता नेम्वाङले अर्काको दल विभाजन गर्न ल्याएको अध्यादेशले आफ्नै दलमा असर गर्दा के हुन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा नेता पौडेलले आफ्नो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कम नआँक्न आग्रह गरे । देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निकास निकाल्ने उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

ठट्यौली पारामा नेम्वाङलाई जवाफ दिँदै पौडेले देउवाले पार्टी विभाजन गर्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । कांग्रेसभित्र संस्थापन इतर पक्ष आफू भएकाले पार्टी तोड्ने काम आफूबाट नहुने उनले बताए । 

“मलाई पार्टी तोडेर सभापति वा प्रधानमन्त्री हतारो छैन । म विधि विधान मान्ने हुँ,” उनले भने, “मेरो सभापति चलाख हुनुहुन्छ भन्ने बुझ्न म सुवासजीलाई अनुरोध गर्छु, उहाँले आफ्नो पार्टीलाई विभाजन गराउनु हुन्न, चलाख हुनुहुन्छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC