site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई पक्षबीच झडप हुँदा महोत्तरीमा एक जनाको मृत्यु
सांकेतिक तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

जनकपुरधाम । महोत्तरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । आरकेस्ट्राको विषयमा भएको विवादमा सोनमा गाउँपालिका–२ इमलियाका ६० वर्षीय रामप्रताप यादवको आइतबार कुटपिटबाट मृत्यु भएको हो । 

शनिबार राति सोनमा गाउँपालिका–७ सुन्दरपुर आरकेस्ट्रा (नाचगान) हेर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । विवादलाई लिएर आइतबार मध्याह्न पुनः झगडा भएपछि यादवको मृत्यु भएको हो । अन्य दुई जना घाईते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अचार्यले जानकारी दिए । कुटपिटकै क्रममा मृतक यादवका २४ वर्षीय छोरा मोदनारायण र २२ वर्षीय सरोजकुमार यादव घाइते भएका हुन् ।

उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न ३५ वर्षका मलेसी सदा र २८ वर्षका नखु सदालाई नियन्त्रणमा लिएको छ । तीन दिन पलिहे महोत्तरी प्रशासनले आरकेस्ट्रामा प्रतिबन्ध लगाएको थियो । तर, मानिसहरूले विभिन्न उत्सवको नाममा आरकेस्ट्रा नाच नचाउँदै आएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC