site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तातोपानी भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ ।

भन्सारनाका अनियमित भएपछि राजस्व संकलन लक्ष्यभन्दा कम भएको हो । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरेबल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको छ ।

सडक अवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपरेको छ । तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

दसैँ, तिहार नजिकिँदै जाँदा पनि नाका पूर्ण रूपमा सञ्चालन भएको छैन, जसका कारण गत वर्षझैँ अभाव सिर्जना हुन सक्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

भन्सार कार्यालयमा असार र साउनमा क्रमशः ११ करोड ३९ लाख रुपैयाँ र सात करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कोरोना महामारीबीच नेपाली व्यापारीले चीनबाट सामान खरिद गरेका छन् ।

Global Ime bank

आर्थिक वर्ष २०७७/७८ मा चीनबाट खासा हुँदै नेपाल आइपुगेका १० मुख्य सामग्रीको परिमाण र मूल्य हेर्दा विगतमा भन्दा निकै कम सामग्री आयात भएको पाइएको छ ।

प्रमुख भन्सार अधिकृत गौतमका अनुसार ५२ करोड ६७ लाख रुपैयाँको तयारी कपडा ४२ लाख ९८ हजार ७२३ युनिट, एक अर्ब २२ करोड ८५ लाख रुपैयाँ मूल्यको स्याउ एक करोड ६५ लाख ७८ हजार ४१४ केजी, १९ करोड ४५ लाख रुपैयाँको मेडिकल मास्क पाँच करोड ८५ लाख १६ हजार ३४० युनिट तातोपानी नाकाबाट नेपाल भित्रिएको छ ।

त्यसैगरी, १३ करोड ४६ लाख रुपैयाँको ओखर चार लाख ३९ हजार ७२ केजी, सात करोड २३ लाख रुपैयाँको महिलाले लगाउने जुत्ता, चार करोड ६५ लाख रुपैयाँको रबर र प्लास्टिकका जुत्ता, चार करोड पाँच लाख रुपैयाँको डम्फर, ६ करोड ४२ लाख रुपैयाँको ट्रेलर, पाँच करोड ५८ लाख रुपैयाँको सुती कपडा र पाँच करोड ४६ लाख रुपैयाँ मूल्यको चार लाख ५२ हजार ४५० केजी लसुन आयात भएको थियो ।

यसअलावा कोरोना महामारीको दोस्रो लहर सुरु हुनासाथ निजी क्षेत्र र अनुदानबापतको झन्डै ३० हजारथान अक्सिजन सिलिन्डर पनि तातोपानी नाकाबाट नेपाल भित्रिएको थियो । तर, स्वास्थ्य सामग्रीका लागि भने राजस्व छुट थियो । वि.सं. २०७२ को भूकम्पअघि दैनिक डेढ करोड रुपैयाँसम्म राजस्व असुली हुँदै आएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC