site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनभीए भलिबल च्याम्पियनसिप असोज १० बाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा दोस्रो साताबाट आयोजना हुने भएको छ । 

राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने जनाएको छ ।

पुरुषमा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, टिप टप हेल्प नेपाल, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स, मणिमुकुन्द क्लब, वाग्मती प्रदेश, मिलन क्लब, नयाँबजार सामाजिक क्लब र कर्णाली प्रदेशको सहभागिता रहेको छ ।

Global Ime bank

महिलातर्फ न्यू डाइमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता रहने छ ।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्नेछ भने उपविजेताले २ लाख पाउँदा तेस्रोले १ लाख प्राप्त गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC