site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण कोरियाले पानीमुनिबाट गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल
Sarbottam CementSarbottam Cement

सिओल । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि दक्षिण कोरियाले पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दक्षिण कोरियाले बुधबार पानीमुनिबाट ‘सबमरिन–लन्च्ड ब्यालिस्टिक मिसाइल (एसएलबीएम) परीक्षण गरेको हो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार अपराह्न पहिलोपटक पानीमुनिबाट ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ । तीन हजार टनको पनडुब्बीबाट सो क्षेप्यास्त्र प्रहार गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

परीक्षणको सफलतासँगै आफ्नै देशमा बनाएको ब्यालिस्टिक क्षेप्यास्त्र पनडुब्बीबाट परीक्षण गर्ने दक्षिण कोरिया विश्वको सातौँ देश बनेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ

Global Ime bank

राष्ट्रपति मुन जेइ इनले क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेका थिए ।

सो क्षेप्यास्त्रले सम्भावित बाह्य खतरालाई रोक्ने अपेक्षा गरिएको बताइएको छ ।

उत्तर कोरियाको आणविक क्रियाकलापका कारण कोरियाली प्रायद्वीप तनावग्रस्त छ ।

बुधबार छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले सोमबार लामो दुरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC