site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रकाशमानको नेतृत्व आकांक्षा

मूल नेतृत्वको अकर्मण्यता र लथालिङ्ग पार्टी संगठनका कारण २०७४ को चुनावमा कम्युनिस्ट गठबन्धनसँग पराजित नेपाली कांग्रेस अहिलेसम्म अलपत्रै  छ । आसन्न  १४ औं महाधिवेशनको अन्योलले गर्दा कांग्रेस कार्यकर्ता  पूरै निराश भइसकेका छन् ।

ढिलै भए पनि निर्धारित समयभित्र महाधिवेशन गरेर पार्टीले नयाँ नेतृत्व पाउन सकेन भने आगामी चुनाव पनि कांग्रेसका लागि अनुकूल नहुन सक्छ ।

नेपाली कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला,गणेशमान सिंहहरूले देशमा लोकतन्त्र स्थापना गर्न लामो सङ्घर्ष गर्नुपरेको थियो । देशबाट राणा र पञ्चायतको हुकुमी शासनविरुद्ध उनीहरूले ज्यानको बाजी लगाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जनताले संसद्मा दुईतिहाइभन्दा बढी बहुमत दिँदा पनि नेपाली कांग्रेसको सरकारलाई राजा महेन्द्रले बन्दुकका बलमा हटाए ।

नेताहरूलाई विनाकसुर जेलमा राखे । कतिपय नेता कार्यकर्ता भारत निर्वासनमा गएर संघर्ष गरे । बीपी र गणेशमान सिंहलगायत शीर्ष नेता ८ वर्ष बन्दी बनाइए । 

Global Ime bank

विसं २०१७ सालमा राजा महेन्द्रले 'कु' गर्दा प्रकाशमान सिंह पाँच वर्षका थिए । उनमा बुबाआमा जेलमा थिए । राजनीतिक प्रतिशोधका कारण उनको परिवार आफ्नै घरमा समेत बस्न पाएन । डेरा सर्दैसर्दै दुःखसाथ अध्ययन गर्दै गए । 

विसं २०३६ सालको जनमतसंग्रह ताका प्रकाशमान सिंह २४ वर्षका युवा थिए ।  विद्यार्थी र तरुणको साथमा जुलुसको नेतृत्व गर्न, बाल पेन्टिङ गर्न, पोस्टर टाँस्न, टुँडिखेलको आमसभादेखि विभिन्न सभा सम्मेलनमा कुर्सी, सोफा मिलाउने काममा समेत अग्रस्थानमा हुन्थे उनी । 

पैँतीस वर्षको उमेरमा काठमाडौ जिल्ला सभापतिमा निर्वाचित भएका उनी दुई कार्यकाल जिल्ला नेतृत्वमै रहे । पोखरामा भएको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार प्रकाशमान पैँतालीस वर्ष थिए । तैपनि, रामचन्द्र पौडेल र शैलजा आचार्यपछि राम्रो मत ल्याएर तेस्रो स्थानमा केन्द्रीय सदस्यमा निर्वाचित भए ।

नेपाली कांग्रेसमा विधानतः १२औं महाधिवेशनबाट निर्वाचित महामन्त्रीको व्यवस्था भएको हो । पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको देहावसानपछि कांग्रेसको भावी नेतृत्वमा देउवा बलियो बन्दै गएका थिए । महाधिवेशनमा संस्थापनतर्फबाट सुशील कोइरालाको नेतृत्वमा समूह तयार हुँदैथियो । बलियो जनाधार भएका नेतामा प्रकाशमान सिंह अब्बल देखिए । देउवालाई सभापतिमा पराजित गर्न प्रकाशमान सिंह महामन्त्रीमा लड्ने तय भयो । 

प्रकाशमान सिंहको जनाधारको आकलन गर्न नसक्नेहरूले नेतृत्वमा दुई दाह्री (सुशील कोइराला र बिमलेन्द्र निधी) पुग्ने चर्चा चलाए । मतगणनापछि सुशील कोइरालाभन्दा पनि बढी मत ल्याएर प्रकाशमान सिंह महामन्त्रीमा निर्वाचित भए । अनिमात्र प्रकाशमान सिंह पारिवारिक उत्तराधिकार होइन पार्टीभित्र बलियो जनाधार भएको नेता भएको पुष्टि भयो । 

महामन्त्रीमा निर्वाचित सिंहको कार्यकाल प्रसंशा लायक नै रह्यो । यद्यपि, सुरू सभापतिको निकट मानिएका मनोनीत महामन्त्रीलाई बढी जिम्मेवारी दिइए पनि पछि सभापति कोइरालाले सिंहलाई नै बढी जिम्मेवारी दिन थालेका थिए । 

विसं २०७० को संविधान सभामा चुनावमा नेपाली कांग्रेस संसद्मा पहिलो दल बन्यो । स्वाभिमानी सिहले पद प्राप्तिकै निम्ति भने कसैको नेहोरा गरेनन् । 

प्रकाशमान सिंहले १४औं महाधिवेशनमा आफूलाई सभापति पदको स्वाभाविक उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । अघिल्लो महाधिवेशनमा सभापति पदमा रामचन्द्र पौडेललाई सहयोग गरेका नेता सिंह, पौडेल समूहका वरिष्ठतम नेता हुन् । 

कांग्रेसका नेता कार्यकर्ताको भनाइ सुन्दा यसपटक कांग्रेस नेतृत्वमा प्रकाशमान सिंह पुगे भने चाक्सीवारीले पनि बल्ल न्याय पाएको ठहरिनेछ ।

सभापति पदका उमेदवारको लामो नामावली बनिसकेको छ । दुई महिनाअघि तीन नेता पुत्रको समीकरणको समाचार र निरन्तर भेटघाटले कांग्रेस राजनितिमा नयाँ तरङ्ग थपिएको छ । यो समीकरणप्रति पार्टीभित्र दुईटा प्रतिक्रिया देखिएको छ :

१. पार्टी कार्यकर्ता र शुभेच्छुक मतदातामा सकारात्मक उत्साहको सञ्चार ।

२. नेतृत्वमा टाँसिइरहन खोज्नेहरूमा झट्का ।

बीपीपुत्र शशांक, महेन्द्रनारायणका पुत्र विमलेन्द्र निधि र  गणेशमान सिहका पुत्र प्रकाशमान सिंहको समीकरण पार्टी संगठनको निम्ति बढी हितकर बन्न सक्ने आकलन गरिएको छ । नेपाली कांग्रेसलाई समावेशी पार्टी बनाउने बीपी र गणेशमानको सपना पनि थियो ।

सिंह जनजाति, निधि मधेसी र कोइराला पहाडी समुदायका भएकाले यस समूहले देशको सबै समुदायको प्रतिनिधित्व गर्छ ।

आपसी समझदारीमा यस्तो समावेशी नेतृत्व आउन सक्यो भने कांग्रेस र लोकतन्त्रकै निम्ति हितकर हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC