site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अहिले अफगानिस्तानमा के भइरहेको छ ?
फाइल तस्बिर : राेयटर्स ।
Sarbottam CementSarbottam Cement

बीबीसी । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको तीन साता पुग्न लाग्दा पनि नयाँ सरकार गठन भएको छैन । पन्जशीर उपत्यकामा तालिबान विरोधीसँग लडाइ भइरहेको छ ।

संयुक्त राष्ट्रसंघ (यूएन)ले अफगानिस्तानमा महिना दिनमै खाद्य संकट पर्नसक्ने भन्दै सहयोगको आह्वान गरेको छ । यूएनले अफगानिस्तानको मजार–आइ–शरिफको उत्तरी सहर तीनवटा जहाज पुगेसँगै आइतबारदेखि मानवीय सहायताका लागि हवाई सेवा सुनः सञ्चालन गरेको यूएन प्रवक्ता स्टेफेन डुजारिकले बिहीबार बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले एउटा संकल्प प्रस्ताव पारित गर्दै अफगानिस्तान छोडेर जान चाहनेका लागि सुरक्षित मार्ग उपलब्ध गराउन तालिबानलाई आह्वान गरेको छ । हवाइ उद्धार नभएका अफगान शरणार्थीहरू छिमेकी पाकिस्तानमा जाने क्रम चलिरहेको छ । हेरात प्रान्तमा महिलाहरूले काम गर्र्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

नागरिकको सुरक्षा, मानवीय संकट र अन्तर्राष्ट्रिय सम्बन्धलाई तालिबानले कसरी व्यवस्थापन गर्छ भन्ने कुरा उसका गतिविधिबाट देखिनेछ ।

Global Ime bank

तालिबानका एक जना प्रवक्ताले चीनले आफ्नो दूतावास खुला राखिराख्ने र मानवीय सहायता बढाउने बाचा गरेको बताएका छन् । जबकि २० वर्षसम्म अफगानिस्तानमा सैन्य उपस्थिति जनाएका पश्चिमा मुलुकहरूले सेनासँगै कूटनीतिक नियोग पनि फिर्ता गरे । उनीहरूले तालिबानसँग कस्तो सम्बन्ध स्थापना गर्ने भन्ने उसको व्यवहारले निर्धारण गर्ने बताएका छन् ।

यूकेका विदेशमन्त्री अफगानिस्तानमा छुटेका आफ्ना नागरिकहरूलाई फिर्ता गर्ने विषयमा तालिबान नेताहरूसँग छलफल गर्न पाकिस्तान जाने बताइएको छ । तालिबानका नेताहरूसँग छलफल गर्न यूएईका वरिष्ठ अधिकारीहरू काबुल आउन लागेको तालिबान अधिकारी अहमदुल्लाह मुत्तकीले बताएका छन् । यूएईका अधिकारीहरू काबुल पुगे त्यो अगस्ट ३१ पछि सो विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ । उता कतार र टर्कीले काबुल अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन गर्ने बारेमा विभिन्न चरणमा छलफल गरेका छन् ।

अमेरिकी शीर्ष सैन्य अधिकारी जनरल मार्क मिलीले अमेरिकी सेना फिर्ता भएपछि बुधबार पहिलोपटक सार्वजनिक टिप्पणी गर्दै आतंकवाद विरुद्धको लडाइमा भविष्यमा तालिबानसँग सहकार्य हुन सक्ने संकेत गरेका छन् । युरोपियन युनियनले अन्य देशहरूले चाल्ने कदमका आधारमा अघि बढ्ने जनाएको छ ।

यसैबीच, तालिबानले छिट्टै नयाँ सरकारको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC