site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल–भारत मैत्रीपूर्ण खेल : टिकटकाे मूल्य एक हजार र दुई हजार, ५२ सय दर्शकले प्रवेश पाउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल र भारतबीच हुन लागेको मैत्रीपूर्ण फुटबल खेलको टिकटको मूल्य एक हजार र दुई हजार हुने भएको छ । प्रतियोगितामा कुल ५ हजार २ सय दर्शकले प्रवेश पाउने भएका छन् । कोरोना महामारीका कारण यसअघि खेल दर्शकसहित हुने वा दर्शकरहित भन्ने टुंगो लागेको थिएन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेल दर्शकको उपस्थितिमै हुने जानकारी दिए । प्रतियोगिता हर्ने दर्शकले एक हजार र दुई हजारको टिकट काट्नुपर्ने छ । 

Agni Group

जसमा भीआईपीतर्फको सिटका लागि दुई हजार मूल्य राखिएको छ भने साधारणतर्फका लागि एक हजार रुपैयाँ राखिएको छ ।

रंगशालाभित्र प्रवेश गर्न कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको हुनुपर्ने उनले बताए । यस्तै, रंगशाला परिसरमै एन्टिजेन परीक्षण गरिने उनले जानकारी दिए ।

Global Ime bank

काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा कुल क्षमताको ३३ प्रतिशत सिट मात्र दर्शकका लागि छुट्ट्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC