site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस जिल्ला सभापतिको अनशन तोडियो : तीन नेताले शीर्ष नेताका तर्फबाट दिए आश्वासन  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले यही भदौ ८ गतेदेखि सुरु गरेको रिले अनशन पाँच दिनपछि तोडिएको छ ।

जिल्ला सभापतिहरूले उठाउका माग सम्बोधनका लागि शीर्ष नेताहरू तयार भएपछि क्रियाशील सदस्यता विवाद समाधान समितिका तर्फबाट तीन नेताले शनिबार अनशन तोडाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

क्रियाशील सदस्यता विवाद समाधान समितिका संयोजक कृष्णप्रसाद सिटौला तथा सदस्यहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखकले शीर्ष नेताहरूबीचको सहमति जानकारी गराउँदै जिल्ला सभापतिहरूले उठाएका माग सम्बोधन गर्ने आश्वासन दिएपछि जिल्ला सभापतिहरूले अनशन अन्त्य गरेका हुन् ।

“तीनजना नेता आउनुभयो, हामीले राखेका तीनवटा माग क्रियाशील सदस्यता सार्वजनिक गर्दै त्रुटि सच्याउने, जिल्ला सभापतिको निर्वाचनमा एकरूपता ल्याउने र सबै जिल्ला सभापतिले महासमिति निर्वाचन लड्न पाउने गरी निर्वाचन निर्देशिका सच्याउने गरी शीर्ष नेताहरूबीच भएको सहमति जानकारी गराउनुभयो,” ज्ल्लिा सभापति आन्दोलनको नेतृत्व गरिरहेका काभ्रे सभापति मधु आचार्यले भने, “त्यो सहमति शीर्ष तहमा पनि सहमति भएको भनेपछि हामीले यो तीनवटा माग पूरा गर्ने क्रममा जे वचनबद्धता दिनुभएको छ, त्यसलाई हेर्ने र भोलिका दिनमा अघि बढ्ने गरी अनशन तोडेका छौँ ।”

Global Ime bank

उनले रुकुम पूर्वका जिल्ला सभापतिलाई नै क्रियाशीलबाट हटाउने काम ‘इरर’ नभएर ‘ब्लन्डर’ भएको भन्दै गल्ती सच्याउने सहमतिपछि आफ्ना नेताहरूमाथि विश्वास गरेको बताए ।

“यहाँ सहमति भएर पनि कार्यान्वयन भएन भने विश्वास घात हुन्छ । रुकुम पूर्वका सभापतिको नाम नै छुटाइएको छ, त्यो इरर होइन, ब्लन्डर हो,” आचार्यले भने, “हामीले हाम्रा नेताहरूलाई विश्वास गर्दै पर्ख र हेरको नीतिअन्तर्गत अनशन फिर्ता लिएका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC