देश
काठमाडौं । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र सल्लाहकार सम्पादकको राजीनामा स्वीकृत गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले दुवै जनाको राजीनामा स्वीकृत गरेको हो ।
“गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालको राजीनामा स्वीकृत गरियो,” मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्दबहादुर कार्कीले भने ।
आजको मन्त्रिपरिषदले अध्यक्ष र सम्पादकमा नयाँ नियुक्ति भने गरेको छैन ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८ १९:३३
प्रतिक्रिया दिनुहोस्