site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नाागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई सापटी दिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रलाई सापटी दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण पर्यटन उद्योगसँग सम्वद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरू तुलनात्मक रूपमा बढी प्रभावित भएका छन् ।

यी क्षेत्रहरूमा कार्यरत कर्मचारीहरूले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषले जनाएको छ । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।

यस सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर  निर्धारण गरिएको छ । यसको मतलव लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको छ । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसंग सम्वद्ध सहभागीहरूलाई २०७८ पौष मसान्त सम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको २ बर्ष भित्र फिर्ता गर्नुपर्ने कोषले जनाएको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC