site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए । तर, उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गरेका थिए । 

आजको छलफलमा उपमेयरसहितका कांग्रेस निकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । उनीहरूको सुझाव ग्रहण गर्दै उपमेयरसहित सबै वडाध्यक्षलाई पार्टीको प्रतिनिधिभन्दा पनि जनप्रतिनिधिका हैसियतमा काम गर्न भनेका थिए । 

Agni Group

‘‘हाम्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट ल्याउँदैछौँ । विगतका वर्षमा सबै निर्णयहरू सर्वसहमतिमा भए,” शाक्यले भने, ‘‘म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु, कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौँ होला । तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौँ । म नेकपा एमालेका तर्फबाट उम्मेदवार थिएँ । त्यो भनेको म एमाले वा मलाई मतदान गर्ने मतदाताको मात्रै मेयर होइन । निर्वाचित भएपछि म काठमाडौं महानगरपालिकाको मेयर हुँ । उपमेयर, वडाध्यक्ष र सदस्यहरू पनि कुनै दलको होइन तपाईँहरू जनप्रतिनिधि हो । मैले मेयर निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई उपेक्षा गरिन, गर्दिन । त्यसैले तपाईँहरू पनि दलको भन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला म पनि त्यही गर्छु र गरिरहेको छु ।”

प्रमुख शाक्यले नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्क बनाउन आएका सकारात्मक सुझावले गहकिलो बनाउने भन्दै नीति–तथा कार्यक्रममा राजनीतिक लेप दिनुनहुने बताए ।

Global Ime bank

‘‘असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता छ,” मेयर शाक्यले भने, ‘‘नीति–तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर उहाँहरूको सझुावलाई समेत सारकात्मक रुपमा दिदैँ थप बलियो बनाएर जान्छौँ ।”

शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC