site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सेयर बजारमा अहिलेको बुलिस ट्रेन्ड सधैँ रहन्छ भन्ने हुँदैन 
Sarbottam CementSarbottam Cement

सन्तोष कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । नेपाल बैंकर्स संघका कार्यकरी सदस्यसमेत रहेका कोइराला प्रष्ट बोल्ने बैंकरका रुपमा चिनिन्छन् । प्रुडेन्ट बैंकिङ गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी १४ महिनाअगाडि माछापुच्छ्रे बैंकको नेतृत्वमा पुगेका थिए ।

कोभिड–१९ को प्रभावका बीच चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक रहेको बैंकर कोइराला बताउँछन् । कोभिडको दोस्रो लहरसँगै चालु मौद्रिक नीतिले दिएको सहुलियत निरन्तरता नदिने हो भने बैंकहरुको खराब कर्जा बढ्ने र बैंकिङ क्षेत्रमा असहज अवस्था आउने उनी बताउँछन् ।

बैंकिङ क्षेत्रको पछिल्लो अवस्था, वित्तीय विवरण, बैंकको आगामी योजनालगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका विजय पराजुलीले प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालासँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

Prabhu Bank
Agni Group
NIC Asia

कोभिडको प्रभावका बीच चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक छ । तेस्रो त्रैमासको अवधिमा कोभिडको प्रभाव नभएकोले हाम्रो मात्रै हैन, सबै बैंकको सन्तोषजनक वित्तीय विवरण आएको छ ।

Global Ime bank

तेस्रो त्रैमासिक विवरण सन्तोषजनक छ भन्नुभयो, तर बैंकहरुको विवरण हेर्दा खुद ब्याज आम्दानी घटे पनि नाफा बढेको छ । सेयर कारोबार र प्रोभिजन राइटब्याकले बढेको नाफाले जोखिम बढाउँदैन ? 

हो । व्यवसाय विस्तार हुँदा पनि खुद ब्याज आम्दानी घटेको छ । सेयर ट्रेडिङबाट आम्दानी सबै बैंकले गरेका छैनन् । केही बैंकको मात्रै त्यस्तो आम्दानी छ । असोजपछि चैतसम्म ६ महिनाको अवधिमा बैंकहरुको राम्रो बिजेनस ग्रोथ भएकोले बैंकहरुले सकारात्मक वित्तीय विवरण ल्याउन सफल भए । खुद ब्याज आम्दानी बढ्न नसके पनि समग्रमा तेस्रो त्रैमासिक रिपोर्ट सन्तोषजनक छ ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कर्जा पुनसंरचना र पुनर्तालिकीकरणको छुट दियो, जसले गर्दा बैंकहरुको खराब कर्जा व्यवस्थापन भयो । तर, बैंकहरुले उक्त कर्जाको सम्भावित जोखिमलाई गरेको प्रोभिजन राइटब्याकले नाफा देखाउँदा गर्दा जोखिम बढेन ?

कोभिडको असर कुन लेभलको थियो भन्ने पनि हेर्नुपर्ने हुन्छ । सबै बैंककको नभनौँ, केही बैंकको राइटब्याक भयो पनि हो । तर, जुन बेला प्रोभिजन राइटब्याक भयो, त्यो बेला व्यवसाय उच्च भइरहेको थियो । व्यवसाय वृद्धि भएर सकारात्मक प्रभाव परेकै कारणले राइटब्याक गर्र्र्ने अवस्था आयो भन्ने विश्लेषण बैंकरहरुको हो ।

चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक हेर्दा बैंकहरुको कर्जा लगानी करिब २५ प्रतिशत छ । विश्व बैंक, आईएमएफलगायतले कोभिडपछिको समयमा अन्य देशले जोखिम नलिएको तर नेपालले कर्जा विस्तार गरेको भन्दै आएका छन् । प्रतिकूल परिस्थितिमा कर्जा विस्तार गर्दा पफर्मेन्स देखाउने होडमा जोखिम बढाएको त हैन ? 

बैंकहरुले त्यसरी जोखिम लिएका छन् जस्तो लाग्दैन । कर्जाको माग नआइ ग्रोथ हुने भन्ने हुँदैन । पछिल्लो समय कोभिडको प्रभाव बढ्यो र लकडाउनको कुरा आए, त्यसपछि कर्जाको माग घटेर गयो । अब बजारमा माग सिर्जना हुन्छ अनि मात्रै ग्रोथ हुने हो । बैंकिङ जगत यति सेन्सिटिभ भइसकेको छ, अनावश्यक जोखिम लिएर, फोर्टफोलियो ग्रोथ गरेर राम्रो गरेँ भनेर देखाउन बैंकहरुले यो सबै गरेजस्तो लाग्दैन  ।

माछापुच्छ्रे बैंकले त्यसरी जोखिम लिएर कर्जा दिएको छैन । आएको डिमान्डलाई नै परिपूर्ति गरेर नै ग्रोथ भएको हो ।

कोभिडको कारणले राष्ट्र बैंकको अनुगमन कमजोर भयो, जसले गर्दा बैंकहरुले पफर्मेन्स देखाउन क्रेडिट क्वालिटीमा कम्प्रमाइज गरे भनेर शंका गर्न सकिन्छ कि सकिँदैन ? 

त्यस्तो छ जस्तो लाग्दैन । राष्ट्र बैंकले अनसाइड अनुगमन मात्रै रोकेको हो । आफसाइटबाट उसले गर्ने अनुगमन गरिरहेकै छ । राष्ट्र बैंकले गर्नुपर्ने स्थलगत अनुगमन केही समय रोके पनि अन्य अनुगमन नियमित रुपमा गरिरहेको छ । त्यसैले कर्जाको क्वालिटीमै कम्प्रमाइजको जोखिम बैंकहरुले नै लिएका छैनन् भन्ने लाग्छ । त्यसमा पनि नियमित रुपमा राष्ट्र बैंमले वाच गरिरहँदा क्रेडिट क्वालिटीमा कम्प्रमाइज भयो भन्ने लाग्दैन ।

कोभिडपछि देखिएको उच्च क्रेडिट ग्रोथमा ठूलो हिस्सा ब्याज तिर्नको लागि बैंकहरुले कर्जा दिएर ब्याज उठाए भन्ने आशंका देखिन्छ नि ? 

अघि पनि भनिसकेँ, डिमान्ड भएर बढेको कर्जा हो । कम उत्पादनशील क्षेत्रहरु जस्तै, सेयर धितो कर्जालगायत क्षेत्रमा कर्जा बढी गयो होला । राष्ट्र बैंकको नीति–नियमभित्र बसेर नै बैंकहरुले आफ्नो पोर्टफोलियो म्यानेज गरेका छन् जस्तो लाग्छ । 

२५ प्रतिशतले व्यवसाय विस्तार गर्दा पनि आम्दानी बढेको छैन, तर बैंकहरुले बोनस सेयरबाट पुँजी बढाइरहेका छन् । अर्कोतर्फ, राष्ट्र बैंकले बैंकहरुलाई सेयर बजारमा ट्रेडिङमा रोक लगाउँदा यसले नाफामा हिट गर्ने अवस्था देखियो नि हैन ? 

बैंकले बैंकिङ गर्नुपर्छ भन्ने हो । बैंकले सेयरमा लगानी गरेको भन्ने सुनियो र त्यसको रिफ्लेक्सन ब्यालेन्स सिटमा पनि आयो । राष्ट्र बैंकले बैंकहरुले सेयरमा लगानी गर्न पाउने जुन नियम थियो, त्यसमा लुपहोललाई टेकेर केही बैंकले सेयरमा लगानी गरेर ग्रोथ गरेको कुरालाई समयमा नियामकले  नियमन गरेको छ भन्ने मेरो विश्लेषण हो ।

राष्ट्र बैंकले बैंकहरुले सेयरमा लगानी गर्न पाउने जुन नियम थियो, त्यसमा लुपहोललाई टेकेर केही बैंकले सेयरमा लगानी गरेर ग्रोथ गरेको कुरालाई समयमा नियामकले  नियमन गरेको छ भन्ने मेरो विश्लेषण हो ।

सेयर बजारमा अहिले जुन किसिमको बुलिस ट्रेन्ड देखिएको छ, त्यो सधैँ रहन्छ भन्ने हुँदैन । बैंकले सेयरमा अन्धाधुन्ध लगानी गरेर त्यो लेभलको ट्रेन्डलाई सपोर्ट हुन्छ जस्तो लाग्दैन । माच्छापुच्छ्रे बैंकले त्यसरी सेयरमा ट्रेडिङ गरेर कमाएको छैन । धेरै बैंकले त्यसरी सेयरमा लगानी गरेका छैनन् । गलत प्राक्टिसलाई नियमाकले समयमा नियमन गरेको छ, त्यसको सकारात्मक असर सेयर बजारमा पनि पर्छ जस्तो लाग्छ ।

राष्ट्र बैंकले पछिल्लो समय बैंकहरुलाई सेवा शुल्क तोक्नेजस्ता कार्यले माइक्रोम्यानेजमेन्ट भयो भन्ने गुनासो सुनिन्छ । बैंकहरुको बदमासीले गर्दा नै राष्ट्र बैंक यस्तो एक्सनमा आउनुपर्ने अवस्था आएको हो ? 

यसलाई माइक्रोम्यानेजमेन्ट नै त नभनौँ । बजारमा अस्वाभाविक कार्यहरु हुँदै गएपछि राष्ट्र बैंकले स्वभाविक रुपमा नियन्त्रण गर्छ । त्यसको कारणले केही हदसम्म बैंकको नाफामा संकुचन आएको हो । गत वर्ष नाफामा ठूलो संकुचन आयो ।  अपेक्षा गरौँ, यो वर्ष राष्ट्र बैंकले कुनै त्यस्तो निर्णय नगर्ला । गत वर्ष ब्याजमा नै छुट दिने कुरा पनि आएका थिए । त्यसले नाफामा ठूलो संकुचन ल्यायो ।

बैंकहरु पनि यही समाजमा स्थापित संस्था भएकोले यस्तो विषम परिस्थितिमा नाफाको केही अंश समाजलाई योगदान गरौँ भन्ने कुरामा राष्ट्र बैंकले कुनै नीति ल्यायो भने त्यसलाई माइक्रोम्यानेजमेन्ट नभनौँ । उक्त क्षेत्रलाई व्यवस्थित गर्न सबै कदम चालेको हो भनेर बुझ्नुपर्छ ।

कोभिडको पहिलो लहरले उठ्दै गरेको अर्थतन्त्रमा कोभिडको दोस्रो लहर सुरु भएपछि बैंकिङ क्षेत्रमा कतिको प्रभाव परेको छ ? 

प्रभाव ठूलो पर्ने अवस्था देखिएको छ । अहिलेसम्म रिकभरीको अवस्था के हुने भन्ने थाहा छैन । ब्याज उठ्छ÷उठ्दैन, प्रोभिजन कसरी जाने भन्ने भन्न सकिने अवस्था छैन । राष्ट्र बैंकले कर्जा रिकभरीका कुनै कदम नलिन भनेको छ । अहिले नै यसले के–कति प्रभाव पार्छ भन्ने अवस्थामा हामी छैनौँ । लकडाउन केही खुकुलो भएर रेगुलर व्यवसाय गर्न पाएपछि कति असर पर्छ भन्ने थाहा हुन्छ ।

सबैभन्दा ठूलो असर मध्यमखालका व्यवसायमा रहेको छ । पर्यटन, ट्रान्सपोर्टेसनमा ठूलो असर देखिन्छ । दैनिक मजदुुरी गरेर खाने वर्ग र साना–साना व्यवसायमा लकडाउनको ठूलो असर देखिन्छ । कोभिडको दोस्रो लहरले अर्थतन्त्रमा ठूलो असर गर्नेछ । बैंकको प्रोफिटाविलिटीलगायतलाई हेर्न हो भने असारपछि मात्रै कति असर गर्‍यो भन्न सकिन्छ ।

पहिलो चरणमा नै कर्जा पुनसंरचना र तालिकीकरण गरेर खराब कर्जा व्यवस्थापन गरेको थियो । अब दोस्रो लहरले पनि त्यही क्षेत्र बढी प्रभावित भएको छ, खराब कर्जा बढ्ने सम्भावाना भयो नि ? 

चालु मौद्रिक नीतिले त्यो पहिलो चरणको कोभिडलाई नियन्त्रण गर्न ठूलो सहयोग गरेको थियो । त्यो बेलामा राहत प्याकेज पनि आए । बैंकहरुले पनि कर्जा पुनसंरचना र पुनर्तालिकीकरणको सुविधा पाए । ग्राहकले पनि ब्याज छुटदेखि अन्य सहुलिय पाए । तर, अहिले झनै विकराल अवस्था आयो । पुनः त्यस्तै माग रहेका छन् ।

बैंकहरुले पनि कर्जा पुनसंरचना र पुनर्तालिकीकरणको सुविधा पाए । ग्राहकले पनि ब्याज छुटदेखि अन्य सहुलिय पाए

विभिन्न संगठनका यो खालको सहुलियत पाउनुपर्‍यो भन्ने माग रहेको छ । अब त्यसलाई राष्ट्र बैंकले कसरी सम्बोधन गर्छ, त्यो हेर्न बाँकी नै छ । आगामी मौद्रिक नीतिले पनि चालु मौद्रिक नीतिको जस्तै सुविधा नदिने हो भने अहिलेको अवस्थालाई व्यवस्थापन गर्न मुस्किल छ ।

पुनर्कर्जा पुनसंरचना र तालिकीकरण गरेर जाँदा भोलिएको दिन व्यवसाय पुनरुत्थान भएर सञ्चालन हुन नसकेमा बैंकिङ क्षेत्रमा संकट आउँदैन ? 

त्यो हुनसक्छ । कि त राज्यले फन्ड छुट्ट्याएर त्यस्ता व्यवसायलाई छुट्टै वर्गीकरण गरेर पुनरुत्थान प्याकेज ल्याउन सक्ने हो भने हुनसक्छ । अन्यथा, अर्को विकल्प पनि त देखिँदैन ।

पुनरसंरचना र पुनर्तालिकीकरणमा फेरि पनि नदिने हो भने खराब कर्जा बढ्छ ? 

खराब कर्जा बढ्ने सम्भावना देखिन्छ । कर्जा तिर्न नसकेपछि खराब कर्जा त बढ्ने नै भयो नि ।

कोभिडबाट परेको प्रभावलाई सम्बोधन गर्न कस्तो मौद्रिक नीति आवश्यक  पर्ला ? 

पछिल्लो मौद्रिक नीतिले पनि वर्गीकरण गरेर पुनर्कर्जालगायत जति पनि स्टिमुलस प्याकेज आए, फेरि पनि त्यस्तै स्टिमुलस प्याकेज घोषणा गरेर पुनरुत्थान कार्यक्रम ल्याउनुपर्छ ।

कोभिड पहिलो चरणपछि लयमा फर्किंदै गरेको अर्थतन्त्रमा दोस्रो लहरले पुनः प्रभावित बनायो । अब बैंकलाई कस्तो योजना साथ अगाडि बढाउँदै हुनुहुन्छ ? 

हाम्रो व्यवसाय ब्यालेन्स छ । धेरै एग्रेसिभ पनि छैन । अरु बैंकहरुको हेर्दा प्रोफिटाविलिटीदेखि लिएर ग्रोथ हेर्दा हाम्रो एग्रेसिभ व्यवसाय हैन । पूर्ण रुपमा नीति–नियम मानेर सुशासनमा बस्दै लुपहोललाई नखोतली व्यवसाय गरिरहेका छौँ । तेस्रो त्रैमासको ब्यालेन्ससिट पनि हेर्नुभयो केही बैंकहरुमा सेयर ट्रेडिङ गरेर जुन किसिमको नाफा देखियो, माच्छापुच्छ्रेको व्यवसाय त्यस्तो नभएर कन्सिस्टेन छ ।

राष्ट्र बैंकको निर्देशनानुसार व्यवसाय गरेर गभर्नेन्समा बसेर अगाडि बढ्ने हो । आगामी दिनमा पनि विद्युतीय कारोबारलाई प्राथमिता दिएर अगाडि बढ्दै छौँ ।

माछापुच्छ्रेको आफ्नै रेमिट एप भन्ने वालेट पनि आएको छ । नयाँ–नयाँ प्रोडक्ट ल्याउँदै छौँ । ग्राहकलाई पूर्ण रुपमा कसरी सन्तुष्टि दिन सकिन्छ र सकेसम्म डिजिटलाइजेसनको माध्यमबाट घरबाटै बैंकिङ सेवा लिने वातावरण कसरी बनाउन सकिन्छ, त्यसमा फोकस भएर लागेका छौँ ।

साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै अगाडि बढ्ने योजनामा छौँ । १६० वटा शाखा छन् । हामी अब साना तथा मध्यम व्यवसायका साथै राष्ट्र बैंकले निर्देशित गरेको कर्जा र डाइरेक्ट ल्यान्डिङको कुरामा पनि सिरियस भएर लागेका छौँ । कसरी गाउँगाउँमा ग्राहकसम्म पुग्न सकिन्छ, त्यसलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना छ ।

माछापुच्छ्रे बैंकको जुन बिजनेस साइज छ, त्यो बिजेनसअनुसार अन्य बैंकको तुलनामा प्रतिफल कम देखिन्छ, किन होला ?

प्रतिफल कम नै त हैन, तर तुलना गर्दा सेम साइज भएको प्रतिस्पर्धी बैंकको तुलनामा अलिकति कम हो कि भन्ने हो । हामीले नयाँ जुन शाखा खोल्यौँ, त्यही समयमा कोभिड आयो । नयाँ खुलेका ५० वटा शाखाबाट बिजनेस ल्याउन सकिएन । तर, सञ्चालन खर्च लाग्ने नै भयो । आगामी आर्थिक वर्षमा हाम्रो प्रतिफल बढ्छ ।

अब सबै शाखाबाट बिजनेस सुरु भयो । करिब ५० वटा शाखा उद्घाटन गरेपछि कोभिड आयो, त्यसले बिजनेस नै हुन सकेन । बीचमा ५/६ महिना काम गर्न पाएर पिकअप लिँदै गर्दा दोस्रो राउन्डको कोभिड आयो ।

अब सबै शाखाबाट बिजनेस सुरु भयो । करिब ५० वटा शाखा उद्घाटन गरेपछि कोभिड आयो, त्यसले बिजनेस नै हुन सकेन । बीचमा ५/६ महिना काम गर्न पाएर पिकअप लिँदै गर्दा दोस्रो राउन्डको कोभिड आयो । अब ती नयाँ शाखाले व्यवसाय दिन थाल्छन्, तब हाम्रो अपरेरिङ कस्ट पनि म्यानेज हुन्छ र प्रतिफल पनि बढ्छ । आगामी आर्थिक वर्षबाट माछापुच्छ्रे रिटर्न अन इक्युटी बढ्छ । तर, अब परिस्थिति कस्तो हुन्छ, त्यसमा पनि भर पर्छ ।

माछापुच्छ्रे बैंकको व्यवस्थापकीय नेतृत्वमा आउनुभएको १४ महिना भयो । आफ्नो नेतृत्वमा बैंकको पफर्मेन्सबाट सन्तुष्ट हुनुहुन्छ ? 
म सन्तुष्ट छु । म सीईओमा नियुक्त भएको भोलिदेखि लकडाउन भयो । त्यस्तो बेलमा सीईओ भएँ । कति समयसम्म व्यवसायमा फोकस गर्न पाइएन । कसरी कोभिडबाट म्यानेजमेन्ट गर्ने भन्नेमा बित्यो । तर, म यही बैंकको डेपुटी सीईओ हुँदै ८÷१० वर्ष काम गरेर सीईओ भएकोले  कर्मचारी तथा वातावरण र व्यवसायको बारेमा थाहा भएकोले त्यसलाई राम्रो व्यवस्थापन गरेर अगाडि लागेँ ।

नयाँ सीईओ भएको भएर असहज हुनसक्थ्यो । तर, त्यो समस्या मलाई भएन । विषम परिस्थितिमा सीईओ भएर काम गर्दा पनि बैंकको जुन प्रकारको ग्रोथ देखिरहनुभएको छ, पछिल्लो ९ महिनामा बैंकले जुन ग्रोथ गर्‍यो, त्यो अहिलेसम्मकै उच्च हो । त्यो सबैलाई हेर्दा मेरो नेतृत्व बजारले मूल्यांकन गर्छ । तर, मैले जुन हिसाबले बैंकलाई लिएर गएँ र मेरो जुन टिम छ, त्यो सबैको सहयोगबाट माछापुच्छ्रे बैंकलाई यो लेभलसम्म ल्याएको हो ।

राष्ट्र बैंकले कोभिडको दोस्रो लहरसँगै आफ्ना ग्राहकलाई स्वःस्फूर्त रुपमा सहुलियत दिन भनेको छ ।  निषेधाज्ञा अवधिमा माछापुच्छ्रे बैंकका ग्राहकले सहुलियत पाउँछन् कि पाउँदैनन् ? 

राष्ट्र बैंकले सहुलियतको कुरा गरे पनि अहिले बैंकहरुको बेस रेटदेखि लिएर स्प्रेड रेट धेरै तल आएको छ । अन्य आम्दानीलाई पनि व्यवस्थित गरेको छ । अहिले ग्राहकलाई यस्तो छुट दिन्छौँ भनेर प्याकेज ल्याउन योजनामा छैनौँ ।

पछिल्लो एक वर्षयता सेयर बजारमा देखिएको बुलमा पनि वाणिज्य बैंकको सेयर अन्य क्षेत्रको तुलनामा बढ्न सकेन भनिन्छ । वाणिज्य बैंकहरुको पफर्मेन्स कमजोर भएर हो, अथवा किन होला  ? 

वाणिज्य बैंकको परफर्मेन्स कमजोर भएरजस्तो लाग्दैन । वाणिज्य बैंक भनेको एउटा कन्सिस्टेन रिटर्न दिने क्षेत्र हो । आर्थिक वर्ष २०७५/०७६ मा १३/१५ प्रतिशत रिटर्न दिएको थियो भने कोभिडको अवस्थामा पनि गत वर्ष १० प्रतिशतमाथि रिटर्न दियौँ । अहिले पनि १३/१४ प्रतिशत रिटर्न दिन सकिनछ भन्ने छ ।

सबै बैंकको हेर्दा कन्सिस्टेन रिटर्न आइरहेको अवस्थामा अहिले पनि वाणिज्य बैंकको सेयर मूल्य अन्यको तुलनामा कम हो । तर, नेपालको स्टक मार्केटलाई कसले र केले नियन्त्रण गर्छ भन्ने अवस्था छैन । केले बढ्छ र केले घट्छ, त्यो अनुमान गर्न सकिने अवस्था छैन ।

कन्सिस्टेन रिटर्नलाई हेर्दा अहिले वाणिज्य बैंकहरुको मूल्य जति छ, त्योभन्दा अलि माथि हुनपर्छ जस्तो लाग्छ । वाणिज्य बैंकहरुको पफर्मेन्स खस्केको छैन ।

अहिले वाणिज्य बैंकहरुबीच मर्जरको चर्चा चलिरहेको छ । दुई पुराना र ठूला हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता पनि भएको छ, यसले अरु वाणिज्य बैंकलाई मर्जरको दबाब बढाएको हो ? 
अहिले वाणिज्य बैंकमा मर्जरको दबाब बढेको हो । अहिले सबै बैंकको बिजनेस हेर्दा अधिकतम लेभलमा बिजेनस गरेर क्यापिटल अभाव हुँदै गएको हो कि जस्तो देखिन्छ । अब व्यवसाय गर्ने अपरच्युनिटी कम हुँदै गयो ।

अब बैंकहरुसँग मर्जरमा जानुको विकल्प कम देखिन्छ । मर्जर अपरिहार्यजस्तो देखिन्छ ।

ठूला बैंकहरु मर्जरमा गए, जसले गर्दा उनीहरुको क्यापासिटी ह्वात्तै बढ्ने भयो । जसले गर्दा सानो ठाउँमा तिनै ग्राहकसँग जाँदा ठूलो बैंकले दिने सुविधा र सानो बैंकले दिने सुविधा फरक पर्छ । जसले गर्दा अरु बैंकलाई पनि मर्जरको लागि दबाब बढेको हो ।

अब बैंकहरुसँग मर्जरमा जानुको विकल्प कम देखिन्छ । मर्जर अपरिहार्यजस्तो देखिन्छ ।

मौद्रिक नीतिले कसरी सम्बोधन गर्छ, तर बजेट हेर्दा वाणिज्य बैंकबीच मर्जर हुनुपर्छ अनि मात्रै बोनस कर छुट पाइन्छ भन्ने कुरा आएको छ । मौद्रिक नीतिले पनि त्यही हिसाबले सम्बोधन गर्ला । वाणिज्य बैंक एकापसमा मर्जरमा जाँदा प्रोत्साहन प्याकेज दिने हो र स्प्रेड रेटमा पनि सहुलियत दिने हो भने अन्य वाणिज्य बैंक पनि मर्जरमा जान्छन् जस्तो लाग्छ । मर्जरमा जानुपर्ने अवस्थाको स्थिति सिर्जना भएको छ ।

पुँजीकोष अनुपातले पनि मर्जरमा जानुपर्ने अवस्था छ भन्नुभयो, तर १२ प्रतिशत पुँजीकोष भएका बैंक मर्जरमा जाँदा दुई बैंकको व्यवसाय र पुँजी  एक हुँदा कसरी पुँजीकोष सहज हुन्छ ? 
सही कुरा भन्नुभयो । तर, व्यवसायको साइज ठूलो हुँदै गए पनि त्यसलाई कन्सिलीटेड गरेर अगाडि बढ्न सकिने हुनसक्छ । ठूलो बैंक भए पनि एक–दुई वर्ष त्यही व्यवसायलाई म्यानेज गरेर गयो भने पनि नाफा म्यानेज गर्न सकिन्छ । त्यसले सिनर्जी दिन्छ । सप्लिमेन्ट्री क्यापिटल डिवेन्चर जारी गरेर पनि व्यवस्थापन गर्न सकिन्छ । तर, कोर क्यापिटल नै टाइट हुँदै गएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC