site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहयोगका लागि स्थानीय तहलाई मेलम्ची नगरपालिकाको अपिल 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्ची नगरपालिकाले मेलम्ची–इन्द्रावती क्षेत्रमा आएको बाढी–पहिरो प्रभावितहरुको राहत, पुनर्वास तथा पुनःस्थापना र पुनर्निर्माणको लागि सबै स्थानीय तहहरुलाई अपिल गरेको छ । नगरप्रमुख डम्बरबहादुर अर्यालले आज विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

“हालसम्म बनेको संरचनाहरु ध्वस्त हुनु, नागरिकहरुलाई संकटको बेला स्थानीय सरकारको उपस्थितिको महसुस गराउनु र विस्थापितहरुलाई पुनःस्थापना गराउनु, भत्किएका सार्वजनिक संरचनाहरुको पुनर्निर्माण गर्नु र अन्य आम नागरिकहरुको अपेक्षासँगै विकास निर्माणलाई अगाडि बढाउने जिम्मेवारी एकातिर छ भने स्रोत–साधनको सीमितता, आन्तरिक स्रोतमा संकुचन, बाढी प्रभावितहरुलाई छुट तथा सहुलियतले हामीलाई आर्थिक स्रोतको चरम अभाव हुने अवस्था सिर्जना भएको छ,” अपिलमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यही असार १ गते मेलम्ची र इन्द्रावती खोलामा आएको भीषण बाढीले हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकामा व्यापक जनधनको क्षति गरेको छ । मेलम्ची नगरपालिकामा मात्रै यस बाढीबाट हालसम्म करिब ५०० परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक रहेको नगरपालिकाले जनाएको छ ।

“मेलम्ची नगरपालिकामा मात्रै यस बाढीबाट हालसम्म करिब ५०० परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ भने वर्षात्को मनसुनसँगै इन्द्रावती र मेलम्ची खोलाले अझै थप कटान गरी क्षति पुर्‍याउने कम जारी नै छ । मेलम्ची नगरपालिकाको गौरवको आयोजनाहरु मेलम्ची सिटी पार्क, मेलम्ची बसपार्क, फोहोरमैला प्रशोधन केन्द्रलगायतका अर्बौँको योजनाहरु बाढीले नाम–निशाना समेत नरहने गरी बगाएको छ भने यस क्षेत्रको सडक, पक्की पुल, झोलुंगे पुल, खानेपानी, सिँचाइ कुलोजस्ता सार्वजनिक संरचनाहरुमा ठूलो क्षति पुर्‍याएको छ,” विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC