site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युरोकपमा आज दुई खेल 
Ghorahi CementGhorahi Cement

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन लागेका हुन् । 

आज समूह ‘ए’ को दुई खेल हुनेछ । आज हुने खेलमा इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । सोही समयमा स्वीजरल्यान्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

Agni Group

रोममा हुने खेलमा जित निकाल्दै इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ । इटालीले यसअघिका दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाइ सकेको छ । 

आजको खेलमा जित निकाल्दै इटाली समूह विजेता बन्न चाहन्छ । इटालीले २ खेलमा ६ अंक जोडेको इटाली तालिकाको शीर्ष स्थानमा छ । 

Global Ime bank

वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्ने योजनामा छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । 

यसै समूहको अर्को खेलमा स्वीजरल्यान्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ । 

स्वीजरल्यान्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC