site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर–बिजोर लागु हुने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप खुकुलो बनाइने जानकारी दिए । ‘‘व्यापार–व्यवसायलगायत केही क्षेत्र खुकुलो बनाउनेबारे छलफल भइसकेको छ । सार्वजनिक सवारी–साधनलाई पहिलाकै नियम कायम गर्ने भन्ने कुरा छ भने निजी सवारी–साधनको हकमा जोर–बिजोर लागु गरिनेछ । यस विषयमा छलफल भइसकेको छ,” उनले बाह्रखरीसित भने ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब थपिने निषेधाज्ञामा व्यावसायिक अन्य प्रयोजनका पसलहरु पनि सञ्चालन गर्न दिइनेछ । अब कपडा पसल, भाडा पसललगायत भिडभाड कम हुने पसलहरु खोल्न दिइनेछ । तर, निश्चित समय तोकिने जनाइएको छ ।

Global Ime bank

आर्थिक गतिविधिहरु चलायमान हुने गरी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । पछिल्लोपटक उपत्यकामा जारी निषेधाज्ञा भोलि (सोमबार) राति सकिँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC