site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
युनाइटेड फाइनान्स प्राप्ति गर्ने नबिल बैंकको प्रस्ताव पारित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । वेबिनारमार्फत बैंकको विशेष साधारणसभा गरिएको थियो ।

युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः३५ लाई विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । अब युनाइटेड फाइनान्सका सेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात् नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुने प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । साथै, बैंकको शाखा सञ्जाल वृद्धि भई १४७ हुनेछ । एटीएमको संख्या भने १८९ हुनेछ ।

निक्षेपको अंक २१६ अर्ब हुनेछ भने कर्जाको अंक २०१ अर्ब हुनेछ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको अंक २ खर्बमाथि हुनेछ । यो प्राप्तिसँगै नबिल बैंक आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुने शाहले जनाए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC