site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रियाशील सदस्यता वितरणको विवादले कांग्रेसको तल्लो तहसम्म असन्तुष्टि
Ghorahi CementGhorahi Cement

विराटनगर । मनपरी ढंगले क्रियाशील सदस्या वितरण गरेको भन्दै केही युवाले नेपाली कांग्रेसको मोरङ ४ नम्बर क्षेत्रीय समितिको कार्यालयमा तालाबन्दी गरिदिए ।

पार्टीको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ व्यवस्थापन कलेज विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाइका विद्यार्थीले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् । यो पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्याको संसदीय निर्वाचन क्षेत्र पनि हो ।

‘बुथबाट सिफारिस भई गएका नामावाली पाखा लगाई मनोमानी ढंगले क्रियाशील सदस्य वितरणको घटनाप्रति खेद व्यक्त गर्न चाहन्छौं’ भन्ने व्यहोरोको विज्ञप्ति प्रकाशित गरी नेपाल विद्यार्थी संघ व्यवस्थापन क्याम्पसका सभापति पाश्चर घिमिरे र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङका सभापति मिलन श्रेष्ठले विरोध जनाए ।

Agni Group

कांग्रेस क्षेत्रीय कार्यालयले ‘तानाशाही ढंगले क्रियाशील सदस्यता विरतण गरेको र आफ्ना नजिकका व्यक्तिहरुलाई मात्र वितरण गरेकोले विरोध गर्नुपरेको’ विद्यार्थी योगराज दाहालले बताए । कोरोना महामारीबीच नै युवाको टोली विराटनगर महानगरपालिका–४ स्थित कांग्रेस कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए ।

उनीहरुले यस विषयमा छानबिन गर्न आफ्ना माग कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति, कांग्रेसको केन्द्रीय कार्यसमिति र कांग्रेसको मोरङ जिल्लासमक्ष पनि राखेका छन् ।

Global Ime bank

महाधिवेशनको मितिसमेत तोकिएको र यसको विधिको विषयमा छलफल भइरहेको बेला कांग्रेसको तल्लो तहसम्म क्रियाशील सदस्यता वितरणको विषयमा असन्तुष्टि आगोजस्तै सल्किएको छ । ‘आफन्त, आसेपासे र गुटभित्रकालाई मात्र सदस्यता दिइएको’ भन्ने असन्तुष्टि सतहमै मुखरित हुन थालेको छ । प्रदेश नम्बर–१ को राजधानी अवस्थित मोरङ जिल्लासहित धेरै ठाउँमा कार्यकर्ताको यही असन्तुष्टि देखिएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सचिव प्रकाश दाहाल भन्छन्, “नेतैच्छिेका स्वार्थका कारण सच्चा रुपमा पार्टीमा खटिएका र पाउनुपर्ने कार्यकर्ताले पनि क्रियाशील नपाएको विषयले ठूलो असन्तुष्टि सिर्जना भएको छ ।” उनले यस्तो परिस्थितिले पार्टीभित्रको मात्र नभएर स्थानीय, प्रदेश र संघीय आम निर्वाचनमा समेत घात–अन्तरघातको अवस्था आउने खतरा रहेको बताए ।

मोरङ कांग्रेसका अगुवा इन्द्रमणि थापाले अहिले क्रियाशील सदस्यताको विषयले कांग्रेसको राजनीति नै गिजोलिएको अवस्थामा पुगेको बताए । “पहिले चुनावमा अन्तरघात गर्नेहरुको नाम पराजितहरुले पार्टी संगठनमार्फत सिफारिस गरे । कतिलाई कारबाही भयो, कतिलाई भएन । तर, पहिलेका असन्तुष्टि अनि सम्बन्ध सुधार भएको छैन,” उनले भने, “अहिले फेरि क्रियाशीलको विवाद उठेको छ । यसले पार्टीको आन्तरिक जीवनमा मात्र नभएर आउने चुनावमा समेत असर गर्ला कि भन्ने पिर थपिएको छ ।” जहाँ शक्ति पुग्छ, त्यहाँ आफ्ना खाले मानिसलाई क्रियाशील सदस्य दिने तर समूहबाहेककालाई नदिने काम भएकोले पनि यसले कांग्रेसको चुनावी महाधिवेशनलाई असर गर्ने उनले बताए ।

यो भाषबाट पार्टीलाई बाहिर निकाल्नुपर्छ भन्दै कार्यकर्ता तहबाट क्रियाशील सदस्यता वितरणको विषयमा उचित छानबिन हुनुपर्ने मागसमेत बढेको छ । महाधिवेशनमा जेनतेन कुनै पदमा विजयी भएर पुगे पनि आउने चुनावहरुमा भने यसले क्षति पुग्न सक्ने धेरै कार्यकर्ताको अड्कल छ ।

“विभेदरहित ढंगले क्रियाशीलको समस्या निरुपण गरिनुपर्छ,” नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्ष रामचन्द्र गौतम भन्छन्, “पार्टीमा आफ्ना कुरा राख्न पाइँदैन भने लोकतान्त्रिक पार्टी र कम्युनिस्टमा के फरक भयो र ? क्रियाशील सदस्यहरुको सन्दर्भमा क्षेत्र नम्बर–४ मा फाराम भर्नेलाई नदिएको, ताल्चा लगाउनेसम्मको काम भएको भएको छ ।”

कांग्रेका पुराना कार्यकर्ता भूपेन्द्रप्रसाद चौधरी नेपाली कांग्रेसले अहिलेसम्म देशको राजकाज चलाएको अवधि गणना गर्दा ७०  प्रतिशत नेतृत्व लिएको बताए । राज्यको नेतृत्वदायी भूमिका निर्वाह गरेको तर कांग्रेसले यो अवधिमा के गर्‍यो भनेर आम रुपमा प्रश्न उठ्ने गरेको उनले सुनाए ।

उनले भने, “कांग्रेसले गरेका गल्तीका परिदृश्य अहिले देखिन थालेको हो । कांग्रेसले सुरु गरेका गल्ती–कमजोरीका कारण अहिले देश खराब अवस्थामा पुगेको छ । गल्ती गरेको कुरालाई स्वीकार गर्नुपर्छ । पार्टीमा नेतृत्वदायी भूमिका कमजोर बन्दै गएको छ । यसलाई सुधार गरेर लैजानुपर्छ । सधैँभरि व्यक्ति, विशेष र चरित्र नेतृत्वमा रहने होइन । म मात्र र सर्वोपरि मै हुँ भन्ने घमन्ड त्याग्नुपर्ने बेला भएको छ ।”

उनले क्रियाशील सदस्यताको वितरणमा देखिएको समस्याले कांग्रेसलाई झन् कमजोर बनाउन सक्ने भएकोले यसबारे पार्टी नेतृत्वले विशेष ध्यान दिन जरुरी रहेको बताए ।

अन्तरघातको विजारोपण क्रियाशील वितरणमै देखिएको भन्दै महिला नेत्री विजेता अधिकारी ‘यसको निचोड के हो त ?’ भन्दै प्रश्न गर्छिन् । कार्यकर्ताको मनोभावको कदर हुनुपर्ने र सानो क्षेत्रबाट नेताहरु बाहिर निस्कनुपर्ने उनको सुझाव छ ।

“नेताले सानो समूहलाई लिएर हिँड्ने गर्नाले पार्टीको लागि काम गर्नेहरु कता जान्छन् कता । नेता सबैको मियो हुनुपर्छ, सबैलाई समेटेर, लिएर अघि बढ्नुपर्छ,” उनले भनिन्, “क्रियाशीललाई राम्रो छानबिन गरेर कसले काम गरेको हो, त्यसले प्राप्त गरोस् । भोटको लागि मात्र दिने नगरियोस् । व्यक्तिगत लालसाका कारण पार्टी छिन्नभिन्नको अवस्थामा पुगेको हो ।”

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले महाधिवेशन कोरोना महामारीको जोखिमको अवस्थामा पनि हुनैपर्ने भएकोले अहिले यसको तयारी थालिएको बताए । महाधिवेशन नगरी अब भाग्ने अवस्था नरहेको बताउँदै उनले भने, “कांग्रेसले सबैको सल्लाह र मान्य निर्णयहरु गरिरहेको छ । कांग्रेसले नै संविधानको रक्षा गर्न सक्छ । यो महाधिवेशन उपलब्धिपूर्ण तरिकाले सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन । केन्द्रीय नेताहरुले समेत छलफल गरिरहनुभएको छ र विधिको विषयमा छलफल भइरहको छ । वौधानिकता जोगाउनको लागि पनि कांग्रेस चुनाव हुनैपर्छ ।”

अर्यालले कम्युनिस्टको तानाशाहीपूर्ण शासन प्रणालीका कारण जनतासमेत दिक्क भएको जिकिर गरे । क्रियाशील सदस्यता वितरणको प्रक्रिया र विवादको विषय केन्द्रीय समितिको बैठकमा गम्भीर रुपमा उठाउने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC