site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण काठमाडौं उपत्यकामा थप ११ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण वाग्मती प्रदेशमा थप १३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टाको तथ्यांकानुसार वाग्मतीका विभिन्न पाँच जिल्लामा १३ जनाको मृत्यु पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Agni Group

मन्त्रालयले सार्वजनिक गरेको शनिबार बेलुकी ५ बजेसम्मको विवरणानुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ६ जनाको मृत्यु पुष्टि भएको छ ।

यस्तै, कोरोनाका कारण यो अवधिमा ललितपुरमा तीन, भक्तपुरमा दुई र धादिङ र नुवाकोटमा एक/एकजनाको मृत्यु भएको जनाइएको छ । योसँगै वाग्मतीमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या तीन हजार ५९९ पुगेको छ ।

Global Ime bank

पछिल्लो २४ घण्टामा वाग्मती प्रदेशमा ८८१ संक्रमित थपिएका छन् । यो अवधिमा प्रदेशभर चार हजार ४६० स्वाब नमुनाको परीक्षण गरिएको थियो । तीन हजार ३८५ नमुनाको पीसीआर परीक्षण गर्दा ६५९ र एक हजार ७५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २२२ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंमा मात्रै २०१ जना छन् । ललितपुरमा ९२ र भक्तपुरमा ४४ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा वाग्मती प्रदेशमा ७१७ जना कोरानामुक्त भएका सामाजिक विकास मन्त्रालयद्वारा शनिबार जारी तथ्यांकमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC