site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा अझै १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ ।

‘‘उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएका छौँ । एकैपटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जानेमा हामी सजग छौँ,” प्रजिअ पराजुलीले भने, ‘‘त्यसैले पनि निषेधाज्ञा हटाइहाल्न मिल्दैन । चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने हो । पछिल्लो समय निषेधाज्ञामा कडाइ गर्नेभन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर लागेका छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यानकेन्द्रित भएको उनले बताए । ‘‘अहिले पछिल्लो साताको संक्रमणदरको समीक्षा भइरहेको छ । संक्रमणदरको निष्कर्षमा पुगिसकेका छैनौँ । अहिले नै यति दिन निषेधाज्ञा थप हुन्छ भनेर भन्न सकिने अवस्था छैन । सम्बन्धित सरोकारवालाहरुसँग निरन्तर छलफलमा छौँ,” उनले बाह्रखरीसित भने ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरिसकेको छ । प्रजिअ पराजुलीका अनुसार अब समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिने कि भन्नेबारे छलफल भइरहेको छ ।

Global Ime bank

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई प्राथमिकतामा राखेर बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब भने अरु क्षेत्रमा पनि निषेधाज्ञा खुकुलो बनाउने तयारी छ ।

यसबारे भोलि (आइतबार) छलफल गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । प्रजिअ निरौलाले अब केही क्षेत्रमा खुकुलो गरी एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने कुरा भइरहेको बाह्रखरीलाई जानकारी दिए ।

सीसीएमसीको गएको बुधबारको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । यस विषयमा पनि छलफल भइरहेको प्रशासनका अधिकारीहरुको भनाइ छ ।

‘‘सवारी–साधनको पछिल्लो नम्बरप्लेटको आधारमा चल्न दिने कि भन्ने छ । यसरी पछिल्लो नम्बरप्लेटका आधारमा सवारी–साधन चलाउँदा जोर–बिजोर लागु गरेभन्दा सडकमा सवारी चाप कम हुन्छ । सवारी–साधनको हकमा कस्तो मोडालिटी लागु गर्ने भन्नेबारे टुंगोमा पुगेका छैनौँ । यसबारे पनि भोलि नै निर्णय हुनेछ । पछिल्लो समय जारी गरेको निषेधाज्ञा सकिन अझै दुई दिन बाँकी छ,” काठमाडौंका प्रजिअ पराजुलीले भने ।

काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC