site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलीको सर्वसत्तावादी चरित्रबाट जनता आजित र निराश भए 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेस समसामयिक राजनीतिक विषयमा केन्द्रीय समितिको सर्वसम्मतीमा राजनीतिक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा प्रधानमन्त्री ओलीले सरकार बनेकै दिनबाट संसद् विघटको षडयन्त्र गरेको निस्कर्ष निकालेको हो ।

‘‘के.पी. शर्मा ओली नेतृत्वको सरकार गठन भएकै दिनदेखि नेपालको संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कमजोर गर्ने काममा उद्यत रहेको सर्वविदितै छ,’’ कांग्रेस केन्द्रीय समितिबाट पारित राजनीतिक प्रस्तावमा भनिएको छ, ‘‘यो सरकार कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सर्वदा असफल रह्यो । देशमा सुशासन दिन सकेन । देश र जनताका हितमा कुनै पनि काम गर्न सरकार असफल भयो ।’’
प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक तवरले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुर्नस्थापित गरे पश्चात आफू अल्पमतमा परिसकेपछि असंवैधानिक र अलोकतान्त्रिक तवरले पुनः प्रतिनिधिसभा विघटन गरेको कांग्रेसको बुझाई छ । 
‘‘मुलुक के.पी. शर्मा ओली नेतृत्वको सरकारको अधिनायकवादी सर्वसत्तावादी चरित्रबाट आजित भयो, जनतामा पूर्ण निराशाको अवस्था सृजना भयो ।’’ कांग्रेसको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘‘लामो त्याग, तपस्या र वलिदानबाट प्राप्त संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै समाप्त हुने खतरा उत्पन्न भयो ।’’ कांग्रेसले सरकारका गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधिको सुक्ष्म मूल्याङ्कन गरी नेपाली कांग्रेसले ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भइसकेको तथा राजनीतिक र नैतिक रुपले शासन गर्ने वैधता समेत गुमाई सकेको ठहर गर्दै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगेको बताएको छ ।

Agni Group

‘‘सम्माननीय राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्नका लागि दावी गर्न आह्वान गरेकोमा संविधानको व्यवस्था बमोजिम राजनीतिक दलहरु, राजनीतिक दलका नेताहरुको सहमति बमोजिम नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर देउवाले बहुमत सदस्यहरुको समर्थनमा प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने प्रष्ट आधार सहित राष्ट्रपति समक्ष श्री देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दावी पेश ग¥यौं,’’ कांग्रेसको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले आपसी मिलेमतोमा प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेको विषय नेपालको संविधानको धारा ७६ (५) विपरीत भएको कुरामा यो बैठक स्पष्ट छ ।’’ उसले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयका विरुद्ध संवैधानिक उपचारका लागि सर्वोच्च गएको उल्लेख गरेको छ । 

‘‘नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्ने पुनित उद्देश्यमा राजनीतिक दलहरु, दलका नेताहरु र प्रतिनिधि सभाका सदस्यहरुको सहयोग, समर्थन र सहकार्यको पक्षमा नेपाली कांग्रेस रहेको छ,’’ प्रस्तावमा अघि भनिएको छ, ‘‘नेपालको संविधानको व्यवस्था बमोजिम १३६ जना प्रतिनिधि सभा सदस्यको समर्थन प्रधानमन्त्री नियुक्त गर्नका लागि पर्याप्त हुने अवस्था रहेको भएता पनि प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दावीमा प्रतिनिधि सभाका बहुमत सदस्य १४९ जनाको हस्ताक्षर समेत रहेको छ । हामीले संयुक्त रुपमा सम्मानीत सर्वोच्च अदालतमा प्रतिनिधि सभाका १४६ जना सदस्यहरुको उपस्थितिका साथ संयुक्त रुपमा प्रस्तुत गरेको निवेदन अदालतमा विचाराधीन रहेको छ ।’’ कांग्रेसले विपक्षी गठबन्धनलाई थप सदृढ बनउँदै लैजाने बताएको छ । 
‘‘यो बैठक नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्ने र सम्माननीय राष्ट्रपति र माननीय प्रधानमन्त्रीको असंवैधानिक निर्णयका विरुद्धमा संयुक्त रुपमा सम्मानीत सर्वोच्च अदालतमा निवेदन प्रस्तुत गर्ने सबै राजनीतिक दलहरु, राजनीतिक दलका नेताहरु र प्रतिनिधि सभाका माननीय सदस्यहरुको राजनीतिक सहमतिलाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गर्दछ,’’ कांग्रेस केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘‘यो बैठक संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलहरुका बीच समान धारणाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ ।’’

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC