खेल
काठमाडौं । युरोकप फुटबलमा साबिक विजेता पोर्चुगल अहिले जर्मनीसँग पछि परेको छ । पोर्चुगल र जर्मनीबीचको पहिलो हाफ सकिँदा जर्मनीले अग्रता बनाएको हो ।
म्युनिखमा जारी खेलको पहिलो हाफ सकिँदा जर्मनीले पोर्चुगलमाथि २–१ को अग्रता बनाएको छ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । जर्मनीका लागि दुवै गोल पोर्चुगलका डिफेन्डरले आत्मघाती गरे । पोर्चुगलका रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरेका हुन् ।
आज पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा छ । दुवै उपाधि दाबेदार टोली हुन् ।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८ २२:५५
प्रतिक्रिया दिनुहोस्