site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यादव पक्षको गम्भीर आरोप– महन्थले किर्ते गरे, नक्कली बैठक पुस्तिका तयार गरियो
महन्थ ठाकुर । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को एउटा पक्षले अध्यक्ष महन्थ ठाकुरले गैरकानुनी र दण्डनीय कार्य गरेको गम्भीर आरोप लगाएको छ । अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले ठाकुरले किर्ते गरेको आरोप लगाएको हो ।

पार्टीको केन्द्रीय कार्यकारिणी हेरफेर र पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने कुनै निर्णय नभएको उक्त पक्षले जनाएको छ । त्यस्तो निर्णय भएको भनी ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएको भन्दै आपत्ति जनाइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“...यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी २०७८/०३/१ गते झुटो विवरण लेखी किर्ते, जालसाजी गरी निर्णय भएको भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् । निर्वाचन आयोग, पार्टीपंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय कार्य हो,” प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “तसर्थ, यस प्रकारको किर्ते, जालसाजी गरी निर्णय नै नभएको विषयलाई निर्णय भनी गरिएको कार्यप्रति जसपा, नेपाल खेद व्यक्त गर्दै यस्ता किर्ते कार्यको निन्दा समेत गरिन्छ । यस प्रकारका किर्ते, जालसाजी एवम् झुटो विवरणद्वारा फैलाएको भ्रममा नपर्न हुन र सजग रहनसमेत आम पार्टीपंक्ति र जनसमुदायलाई आग्रह गरिन्छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC