site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै
Ghorahi CementGhorahi Cement

दीपशंकर चौलागाई 
दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकैपटक पोखरी बनेको नदी फुट्दा नेपालको तामाकोसीसम्म क्षति पुग्ने देखिएपछि पानी तर्काउन थालिएको जनाइएको छ ।

दोलखाको बिगु गाउँपालिका–१, लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयवासीलाई जानकारी दिएको छ । स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो ।

Agni Group

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रीको रोङछिया सहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा निम्तन सक्ने सम्भावित खतराका बारेमा चीनको सम्बन्धित पक्षसँगको कुराकानीपछि उक्त सूचना जारी गरेको जनाए ।

Global Ime bank

तामाकोसी नदी नेपाल–चीन सिमाना भएर बग्ने गर्दछ । बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोसी, सितली, किर्नेटार, सितली तथा रामेको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुनसक्छ ।

यही असार १ गते तामाकोसी नदीमा एक्कासि आएको बाढीका कारण माथिल्लो तामाकोसीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो । सो मुढा र लेदोलाई पनि झिकिएको आयोजनाले जनाएको छ ।

बाढी आउने सूचनापछि माथिल्लो तामाकोसीको जलाशयको सतह नौ मिटर घटाइएको छ भने बालुवा थिग्रार्ने पोखरी पूरै खाली गरिएको छ । जलाशयको पानी घटाएर न्यूनतम विन्दुमा झारिएका कारण तामाकोसी नदीमा बाढी आइहाले पनि कम्तीमा एकदेखि डेढ घण्टा बाँधले थेग्न सक्ने जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC