site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विपद् व्यवस्थापनको पूर्वतयारीमा प्रदेश–२ सरकार
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश नम्बर–२ सरकार सम्भावित विपद् व्यवस्थापनको लागि पूर्वतयारीमा जुटेको छ । शनिबार सर्लाहीको वाग्मतीमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले पूर्वतयारीको रणनीति तथा निर्णयहरु गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मनसुनजन्य घटनाबाट मानवीय क्षति रोक्न पूर्वतयारीका रणनीतिहरुबारे बैठकमा छलफल भएको जानकारी दिए । दुई दिनदेखिको बैठक शनिबार सकेर वाग्मती खोलामा उद्धारको पूर्वभ्यास गरिएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ । आवश्यक समानसमेत प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराइसकेको उनको भनाइ छ ।

“हामी प्रत्येक वर्ष पहिले नै आफ्नो रणनीति बनाउँदै आएका छौँ,” उनले भने, “सुरक्षा निकायलाई समेत विपद् व्यवस्थापनका लागि विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छौँ ।”

Global Ime bank

उनका अनुसार प्रदेश सरकारले विपद् व्यवस्थापनसम्बन्धी नीति तथा ऐन ल्याउनुका साथै नियमावली समेत बनाइसकेको छ । “विपद् व्यवस्थापनाका लागि प्रदेश सरकारले १० वर्षे रणनीति बनाउँदै छ,” उनले भने, “यसमा केही समय लाग्नेछ ।”

उनले आठै जिल्लाका सुरक्षा निकायलाई विपद् व्यवस्थापनका लागि मोटरबोट, नाइनलबोट, रबरबोट, थ्रोइङ ब्याग, ड्रोन क्यामेरालगायत सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहले बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्नका लागि डुबान क्षेत्रको पहिचान गरी सोहीअनुसारको तयारी गरिएको बताए । उनले मुख्य नदीतटीय क्षेत्रमा विशेष तयारी गरिएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC