देश
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ ।
आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकस्मिक बाढी आउनुको कारण वडा नम्बर–१ मा अवस्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा पहिरो गएको जनाएको छ ।
सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकीमध्ये के–कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म यकिन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च सावधानी तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ । रासस
प्रकाशित मिति: शनिबार, असार ५, २०७८ १८:५६
प्रतिक्रिया दिनुहोस्