site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सप्तरीमा नौ वर्षीया बालिकाको हत्या
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ ।

डाक्नेश्वरी नगरपालिका–३, तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान गरेका छन् । अनुसन्धानलाई सघाउन तालिमप्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताए ।

Global Ime bank

आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC