site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तातोपानी–कोदारी क्षेत्रमा कटान : सभामुखद्वारा सरकारको ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बाढीले सिन्धुपाल्चोकको तातोपानी–कोदारी क्षेत्रमा पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गरएका छन् ।

शनिबार सभामुख सापकोटा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङबीच तातोपानी–कोदारी क्षेत्रमा क्षति न्यूनीकरण र जोखिममा परेका स्थानीको सुरक्षित स्थानान्तरणका विषयमा संवाद भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गए रातिको अविरल वर्षापछि भोटेकेसी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्‍याएको जनाइएको छ । उनले जोखिममा परेका स्थानीयको उद्धार, सुरक्षित बसोबास र बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटा र मन्त्री नेम्बाङबीचको संवादपछि आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ । महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सञ्चालन गरिने जानकारी दिए ।

Global Ime bank

भोटेकोसी नदीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्गअन्तर्गतको सडक ठाउँ–ठाउँमा भासिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC