site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसियन महिला भलिबल च्याम्पियनसिपबाट पाँच देशले लिए नाम फिर्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट पाँच देशले नाम फिर्ता लिएका छन् ।

नेपाली महिला बलिबल टोलीले च्याम्पियनसिपका लागि तयारी गरिरहेको छ । सोही प्रतियोगिताबाट पाँच देशले नाम फिर्ता लिएका हुन् । एसियन भलिबल महासंघका अनुसार चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्यान्डले नाम फिर्ता लिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा अब नेपालसहित आयोजक फिलिपिन्स, जापान, थाइल्यान्ड, कोरिया, काजकिस्तान, ताइवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागिता जनाउनेछन् ।

यसअघि, एभीसीले १७ वटा देशले प्रतियोगितामा सहभागिता जनाउने जनाएको थियो । तर, पाँच देशले नाम फिर्ता लिएपछि प्रतियोगिता खेल्ने देशको संख्या १२ पुगेको छ ।

Global Ime bank

यसअघि, प्रतियोगिता चीनमा हुने तय भएको थियो । चीनले आयोजकको रुपमा नाम फिर्ता लिएपछि प्रतियोगिता हुने भएको हो ।

नेपालले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउँदै छ । नेपाली टोलीले गएको मंगलबारदेखि तयारी गरिरहेको छ । टोलीलाई सहायक प्रशिक्षक कुमार राईले प्रशिक्षण गराइरहेका छन् ।

प्रतियोगिता आउँदो अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म सञ्चालन हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC