देश
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४०१ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा जिल्लागत रुपमा बागलुङमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा बागलुङमा २२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौंमा २०१, मोरङमा १३०, सुनसरीमा ११०, झापामा १०४, मकवानपुरमा ९३, ललितपुरमा ९२, म्याग्दीमा ७०, नुवाकोटमा ६८, चितवनमा ६३, कास्कीमा ६१ जनामा कोरोना देखिएको छ ।
पछिल्लो समय केही जिल्लामा नयाँ संक्रमितको संख्या निरन्तर घट्दै गएको देखिन्छ ।
विवरण हेर्नोस्–
प्रकाशित मिति: शनिबार, असार ५, २०७८ १७:११
प्रतिक्रिया दिनुहोस्