site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मर्स्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

मनाङ । चामे गाउँपालिका वडा नम्बर–४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्ण रुपमा थुनिएको छ । वडा नम्बर–४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

उनले भने, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ । चामेबजार जाने ठूलो पुलनजिक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको छ । नदी थुनिँदा पानीको सतह झन्–झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।”

चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगा–माटो र काठ–दाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो ।

Agni Group

माथिबाट झरेको पहिरो, ढुंगा–माटो र काठ–दाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिंगो चामेबजार जोखिममा परेको छ ।

बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एक मात्र बेलिब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।

Global Ime bank

प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए । लगातारको वर्षात्ले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए ।

हुम्रे प्रहरीचौकीसहित पाँच घर पूर्ण रुपमा विस्थापित
ङिस्याङ गाउँपालिकामा रहेको हुम्रे प्रहरीचौकी बाढी–पहिरोको जोखिममा परेको छ । गत सोमबारदेखि परेको अविरल वर्षाका कारण पालिकाको हुम्रे प्रहरीचौकी जोखिममा परेको हो । चौकी जोखिममा परेपछि सबै सामान सुरक्षित स्थानमा सारिएको छ । चौकीका साथै पाँच घर पूर्ण रुपमा विस्थापित भएका छन् ।

विस्थापितलाई सुरिक्षत स्थानमा राखिएको गाउँपालिकाका जनस्वास्थ्य प्रमुख श्रीनारायण यादवले जानकारी दिए । जिल्लामा प्राकृतिक प्रकोप झनै बढ्दै गएपछि अब के गर्ने भन्ने विषयमा राष्ट्रिय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC