site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माइक्रोसफ्टको अध्यक्षमा भारतीय मूलका सत्या नाडेला नियुक्त
Ghorahi CementGhorahi Cement

वासिङटन । विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त भएकी छन् ।

माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिइन् । भारतीय मूलकी नाडेला सो चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

Agni Group

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत भएकी थिइन् ।

उनी अध्यक्षमा निर्वाचित भए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निर्वाह गरिरहने कम्पनीले जनाएको छ । माइक्रोसफ्ट कर्पोरेसनमा झन्डै दुई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएकी हुन् ।

Global Ime bank

त्यसैगरी, कर्पोरेसनको अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्स सन् २०१४ मा बाहिरिएका थिए । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए ।

अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ । कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उनले सामाजिक सञ्जाल ट्विटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एन्ड सीईओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेकी छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC