site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायाशी फाउण्डेशनले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठलाई ‘छैटौँ कोबायाशी फाउण्डेशन पुरस्कार–२०२०’ प्रदान गरेको छ ।

पाँच लाख जापानी येन अर्थात् करिब रु पाँच लाख ३६ हजार नेपाली राशिसहितको ‘हेल्थकेयर प्रोफेशनल’ तर्फको उक्त पुरस्कार डा. श्रेष्ठलाई आज बिहान जापानमा आयोजना भएको क्यान्सरसम्बन्धी भर्चुअल विशेष सम्मेलनमा प्रदान गरिएको डा श्रेष्ठले जानकारी दिए । फाउण्डेशनले २०७६ फागुनमा सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वव्यापी महामारी कोरानाका कारण फाउण्डेशनको औपचारिक कार्यक्रम गत वर्ष स्थगित भएको थियो । केही महिनाअघि देखि फेरि कोरानाकै कारण नेपाल र जापानमा लकडाउन भएकाले सो पुरस्कार डा श्रेष्ठलाई आज भएको फाउण्डेशनको भर्चुअल सम्मेलनमा प्रदान गरिएको हो । पुरस्कार बापतको राशि र प्रशंसापत्र यसै हप्ता नेपाल आउने उनले जानकारी दिए ।  

थाइल्यान्डका डा. अरुनी देचाफुनकुल र हङकङका प्राडा टोनी मोकलाई पनि ‘छैटौँ कोबायाशी फाउण्डेशन पुरस्कार–२०२०’ प्रदान गरिएको छ । भर्चुअल विशेष सम्मेलनमा कार्यकारी अध्यक्ष डा. श्रेष्ठले कोरानोका कारण क्यान्सर भएका बिरामीको उपचारमा केही कठिनाइ भए तापनि अस्पतालले स्वास्थ्य सुरक्षाका विभिन्न मापदण्ड अपनाएर चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै कोभिड भएका क्यान्सरका बिरामीको सफल उपचार गरिरहेको बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC