site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बाढीले धनजनसहित विद्युत आयोजना प्रभावित, क्षति भएका आयोजना पुग्ने मार्ग पुनः निर्माण गर्न माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले अविरल वर्षाका कारण देशभर आएको बाढी तथा पहिरोका कारण ठूलो मात्रामा धनजनको क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले दुःखद समयमा सबै पीडितहरूलाई साथ र सहयोग गर्न आह्वा गरेका छन् । इपानले यस प्रकोपबाट घरबारविहीन भएकाहरूलाई १० लाखको राहत वितरण गर्ने पनि जनाएको छ । 

बाढी पहिरोका कारण निर्माणाधीन तथा निर्माण सम्पन्न भइसेकेका जलविद्युत आयोजनाहरू तथा विभिन्न ट्रान्समिसन लाइनहरूमा ठूलो क्षति हुन गएकोमा पनि इपानले दुःख व्यक्त गरेको छ । हाल ऊर्जा क्षेत्रमा भएको क्षतिलाई मध्येनजर गर्दै सरकारले आयोजना स्थलसम्म पुग्ने पहुँच मार्गमा क्षति भएका स्थानको तत्काल पुनःनिर्माण गर्नुपर्ने इपानले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै आयोजना स्थल तथा मानविय वस्तिसम्म निर्माण तथा वितरण गरिएका र हाल बाढीका कारण क्षति पुगेका प्रसारण लाइनहरू तत्काल सुचारु गरिनुपर्ने, विद्युत प्राधिकरणले निर्माण गरेका सवस्टेसनहरूको सुरक्षार्थ तत्काल उचित कदम चाल्नुपर्ने र गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरूको उच्चस्तरीय संयन्त्र बनाई समस्याहरू तत्काल सम्बोधन गर्नुपर्ने इपानको माग छ । 

विज्ञप्तिमा दीर्घकालिन रूपमा सहयोगका लागि बिमा भुक्तानी कार्यका लागि सहजीकरण गर्नुपर्ने तथा बिमा भुक्तानी छिटो र सहज बनाउन बिमा समिति तथा अर्थ मन्त्रालयले पहलकदमी गर्नुपर्ने उल्लेख गरिएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC