site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनाल–नेपाल पक्षीय अनेरास्ववियुद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत वितरण 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित लाई राहत वितरण गरेको छ ।  शुक्रबार बिहान नै खाद्य सामग्री लिएर उनीहरू हेलम्बु पुगेका थिए ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ मै पुगेर राहत वितरण गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला खाद्य, स्वास्थ्य सामग्री, लत्ताकपडा वितरण गरिएको अनेरास्ववियुले जनाएको छ ।

राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकामा पहिलो राहत अनेरास्ववियुले ल्याएको बताए । शुक्रबार बिहान एमाले वरिष्ठ नेता माधव नेपालले राहत सामाग्री संयोजक पराजुलीलाई हस्तान्तरण गरेका थिए ।

Global Ime bank

राहत वितरण टोली अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा, सचिवहरू महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईं, मिलन राई र नरेश न्यौपाने तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायत सहभागी थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC