site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शाओमी नेपालद्वारा रेड्मी नोट १० एस सार्वजनिक, यस्ता छन् विशेषता
Sarbottam CementSarbottam Cement

काठमाडौं । शाओमी नेपालले रेड्मी नोट १० एस सार्वजनिक गरेको छ । रेडमी नोट १० एस स्लिक डिजाइन, स्टनिङ क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथमा रहेको कम्पनीले जनाएको छ । यो स्मार्ट फोन अहिले सम्मको क्लिनेस्ट मीयूआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयूआई १२.५ (अन्तरिम) को साथमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट १० प्रोले उपभोक्ताहरुबाट अभूतपूर्व प्रतिव्रिmया प्राप्त गरिरहेको बताए । “शक्तिशाली मेडियाटेक हेलियो जी ९५, ६४ एमपीको क्यामेरा सेटअप र राम्रो इमेज प्रोसेसिन्गको लागि न्यूनतम ६ जीबीको र्‍यामको साथ प्रयोगकर्ताहरुलाई मन पर्ने खेलहरु खेल्न र फोटोग्राफीलाई उच्च तहमा लगेर प्रोत्साहन गर्दैछौँ । न्यू मीयुआई १२.५(अन्तरिम) ले प्रयोगकर्ताहरूलाई स्मार्टफोनमा कुन एप्लिकेसन इन्स्टल गर्न मन छ त्यो निर्णय गर्न मद्दत गर्दछ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

रेडमी नोट १० एस क्वाड क्यामेरा रहेको छ । यसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याक्राे क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको जनाएको छ ।

यो स्मार्ट फोनमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर रहेको जनाइएको छ ।

Global Ime bank

रेडमी नोट १० एस डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

६ जीबी+६४ जीबीको २५ हजार र ६ जीबी+१२८ जीबीको २७ हजार रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ ।

रेडमी नोट १० एस नेपाली बजारमा २० जुनबाट उपलब्ध हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC