site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेसबुकमा नयाँ विशेषता थप्ने तयारी
तस्बिर : गेट्टी इमेजेज् ।
Ghorahi CementGhorahi Cement

वासिङटन । विश्वभरि लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विशेषता थप्ने तयारी भएको छ ।

अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकका अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ ।

Agni Group

कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पूरै तयारीका साथ जोड्न थालिएको हो ।

पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ । अडियो सेवाका बारेमा इमेलमार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् ।

Global Ime bank

फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यहीँ बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने भएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC