site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
एकै दिन १९ अर्बको सेयर कारोबारले बढाएको जोखिम

गत साता एकै दिन नेपाल स्टक एक्स्चेन्जमा करिब १९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । नेपालको अर्थतन्त्रमा एकै दिन १९ अर्ब रुपैयाँको सेयर कारोबार हुनु सानो होइन । 

हालै सार्वजनिक तथ्यांकअनुसार वाणिज्य बैंकले ९० अर्ब रुपैयाँभन्दा बढी रकम सेयर बजारमा ऋणका रुपमा लगानी गरेका छन् । अन्य वित्तीय संस्था र सहकारीबाट पनि ठूलो रकम सेयर बजारमा आएको छ । स्रोत नखुलेको सम्पत्ति पनि सेयर बजारमार्फत भित्रिएको अनुमान छ । जुनरुपमा  सेयर किनबेच भइरहेको छ त्यसले यो देखाउँछ पनि । यस आधारमा तुलनात्मकरुपमा सानो अर्थतन्त्र भए पनि सेयर बजारमा कारोबार ठूलो हुँदै गएको छ । 

यस बजारमा कुनै संकट आयो भने यसले समग्र वित्तीय क्षेत्र नै डाँबाडोल बनाउनेछ । त्यसैले अब सेयर बजारलाई वेवास्ता गरेर जाने अवस्था छैन । सरकार र केन्द्रीय बैंकले सेयर बजारलाई अब हल्कारुपमा लिन हुँदैन । यसलाई केन्द्रमा राखेर नीति नियम बनाउनु, संचालनमा विशेष सावधानी अपनाउनु तथा नियामक संस्थालाई अझ सशक्त बनाउनु जरुरी छ । 

Agni Group

नेपालको सेयर बजार हेर्दा कस्तो लाग्छ ? यो प्रश्नमा पहिले नेपाल र अहिले अमेरिकाको सेयर बजारमा कारोबार गर्ने विज्ञ भन्छन् – अमेरिकाको तुलनामा नेपालको सेयर बजार बच्चाजस्तो हो । त्यहाँ चारपाँच जना मिलेर तलमाथि गर्न कुनै गाह्रो छैन । 

केही वर्षअघिको उदाहरण हो । भारतबाट आएका एक जना  विवेक भन्ने व्यक्तिले नेपालको सेयर बजारबाट ठुलै लाभ लिएर गए । तारा गाउँ (हायात रिजेन्सी) र  ओरेन्टियल होटल (रेडिसन)को प्राथमिक सेयर निष्कासनका बेला सल्लाहकार भई आएका विवेकले सजिलै नियामक निकाय, मिडिया सबै उपयोग गरे । प्राथमिक निष्कासनमा ठूलो आशा देखाए । अमिल्दा वित्तीय तथ्यांक प्रचारमा ल्याए । त्यसले गर्दा प्राथमिक सेयरमा निष्कासनभन्दा कैयौं गुणा बढी पैसा उठाउन सफल भए । यसबाट आफ्नो कमिसन पनि बढाए । 

Global Ime bank

सेयर बजारमा प्रत्येक दिन नयाँ लगानीकर्ता प्रवेश गरिरहेका छन् । विशेषगरी युवा, गृहणीहरुसमेत बजारमा आकर्षित भएका छन् । कतिपय बेरोजगार युवालाई सेयर बजारले काम दिएको छ । बजारमा उछाल आएको बेला नयाँ लगानीकर्ता थपिने गर्छन । बजार घट्न थालेपछि आत्तिएर यस्ता लगानीकर्ताले बजार छाड्छन् । कतिपयले यसमा सरकारलाई दोष दिन्छन् । सडकमा आउँछन् । 

लगानीमा केही न केही जोखिम त भइहाल्छ । सेयर बजारमा कतिले कमाउँछन् कतिले गुमाउँछन्, यो स्वाभाविकै हो । तर, बजारलाई व्यवस्थितरुपमा चलाउन नियम कानुन हुन्छ । नियम कानुन बनाउने, कार्यान्वयन गर्ने व्यवस्था मिलाउने जिम्मेवारी राज्यको हुन्छ । नेपालमा अर्धसरकारी निकाय धितोपत्र बोर्डलाई यो जिम्मेवारी दिइएको छ । तर, धितोपत्र बोर्डले सेयर बजारमा जुनरुपमा बढोत्तरी भइरहेको छ त्यसअनुसार काम गर्नसकेको छैन । बोर्ड अर्थमन्त्रालयको दबाबमा पर्ने गरेको छ । कैयौं नियम कानुन अर्थमन्त्रालयमा पुगेर थन्किएका छन् । कैयौं वर्ष ती नियम कानुन किन थन्किए बोर्डले प्रश्न गर्ने आँटसमेत गर्दैन । 

बोर्डको अध्यक्ष बन्ने योग्यता अर्थमन्त्री वा सरकारसँगको निकटता बनेको छ । कहिले राष्ट्र बैंकका अवकास पाएका त कहिले सेयर बजारको मर्म नबुझेका व्यक्तिलाई त्यहाँ लाने गरिएको छ । त्यहाँका कर्मचारीको काम सरकारबाट नियुक्त भएर बोर्डमा जो पुग्छन् वा आउँछन् ती अध्यक्षलाई सिकाउने, बुझाउने हुन पुगेको छ । धितोपत्र बोर्डको संचालक समितिमा पनि सरकारी कर्मचारीकै बाहुल्य छ । 

बोर्डका अध्यक्ष अवकासप्राप्त व्यक्ति हुँदा निजलाई काम गर्ने कुनै उत्साह पनि हुँदैन । बोर्ड जसरी चलिरहेको छ यो बिचरा भन्न मिल्ने खालको छ । यतिमात्र होइन धितोपत्र बोर्डको कार्यालयमा प्रवेश गर्दा नै सरकारले यो संस्थालाई कुनै महत्त्व नदिएको देख्न सकिन्छ । भारतलगायत कैयौं देशका धितोपत्र बोर्डजस्तै निकायमा सरकारले कडा सुरक्षा व्यवस्था गरेको हुन्छ । तर, नेपालमा यस्तो केही छैन । त्यसैले जो कोही पनि कार्यालयभित्र पसेर धम्की दिन सक्छ । यस्तो भएको पनि छ । बोर्ड कहिले कतै कहिले कतै सर्दै संचालन भइरहेको छ । त्यो हेर्दा नेपालको धितोपत्र बोर्डको कार्यालय बिचराजस्तो देखिन्छ । 

धितोपत्र बोर्ड अहिले फेरि चर्चामा छ । अमिल्दोरुपमा सेयर मूल्य बढेका कम्पनीको सूची सार्वजनिक गरेपछि बोर्डलाई केहीले गाली गर्न थालेका छन् । अब बजार घट्यो भने बोर्डले फेरि तनाव सहनुपर्ने हुन्छ । लगानीकर्ता मुड्की उचाल्दै बोर्ड पुग्न सक्छन् । बोर्डले सूचना सार्वजनिक गर्नेमात्र होइन गलत गर्ने कम्पनी र संचालकलाई ठूलो रकम जरिवाना तिराउनुपर्ने हो । भित्रभित्र मिलेर बजार तलमाथि गर्न खोज्नेलाई खोजी खोजी कारबाही गर्नुपर्ने हो । यस्ता गलत प्रवृत्तिलाई रोक्न सानोतिनो होइन ठूलै स्तरको कारबाही गर्नुपर्ने हुन्छ । तबमात्र सामान्य लगानीकर्ताको हित रक्षा हुन सक्छ । तर, यसका लागि न सरकार तत्पर छ न बोर्ड नै सक्षम र तयार देखिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC