site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डेनमार्कमाथि बेल्जियमको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा बेल्जियमले जित निकालेको छ । बिहीबार राति भएको खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कोपनहेगनमा भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै आफूलाई तालिकामा बलियो बनाएको हो ।
 
पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने डेनमार्कले बनाएको थियो । खेलको दोस्रो मिनेटमै पाउलसेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।
 
खेलको ५५ औँ मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरीमा फर्काए । उनले ब्रुएनकाे पासमा गोल गरेका थिए । ७१ औँ मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई २–१ को जित दिलाए । 

जितसँगै समूह ‘बी’ मा रहेको  बेल्जियमले २ खेक्मा ६ अङ्क जोडेको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । डेनमार्कको यो लगातार दोस्रो हार हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC