site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सल्यानको शारदा नदीको भंगालोमा फसेका १२ किसानमध्ये ८ जनाको उद्धार
Ghorahi CementGhorahi Cement

दाङ । सल्यानको शारदा नगरपालिका वडा नम्बर ६ बरलास्थित शारदा नदीको बीचको भंगालोमा फसेका १२ किसानमध्ये ८ जनाको सकुशल उद्धार भएको छ । बिहीबार बेलुका पौने ७ बजेसम्म ८ जनाको सकुशल उद्धार भएको र थप ४ जनाको उद्धार हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी गोबिन्द थापाले जानकारी दिए ।

तीन घरका ३ जना महिला र ९ जना पुरुष गरेर १२ जना किसान बिहीबार बिहान १० बजेतिर नदीको अवस्था सामान्य भएपछि दुई भंगालोबीचको खेतमा धान रोप्न भनी गएका थिए । तर धान रोप्दै गर्दा मध्यान्ह १२ बजेतिर शारदा नदीमा ठूलो बाढी आएपछि उनीहरू त्यहीँ फसेका थिए । 

Agni Group

उनीहरूको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरीसहित ४५-५० जना जति सुरक्षाकर्मी घटनास्थलमा खटिएको डीएसपी थापाले बताए ।

उद्धारका लागि हेलिकप्टर मागेपनि खराब मौसमका कारण आउन नसकेपछि स्ट्रेचरको सहयोगमा आठ जनाको उद्धार गरिएको हो । त्यसका लागि एकापट्टी डाँडोमा रहेकाे रुखमा र अर्काेपट्टि खम्बामा डाेरीी बाँधेर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC