site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढीपहिरोबाट प्रभावितलाई तत्काल अस्थायी बन्दोबस्त गरिने, क्षति भएका घरहरू पुनर्निर्माण गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले बाढी पहिराेबाट प्रभावित भएकाहरूलाई अस्थायी बन्दाेबस्त गर्ने भएकाे छ । गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बुधबार बसेको राष्टिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११औँ  बैठकले बाढी पहिरो पीडितलाई अस्थायी बन्दोबस्त गर्ने निर्णय गरेकाे हाे ।

मनसुनी वर्षा सुरु भएसँगै सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्की लगायतका जिल्लाका बासिन्दाहरू बाढी तथा पहिरोबाट प्रभावित भएका छनन् । बैठकले प्रभावित क्षेत्रका पीडितहरूलाई तत्काल अस्थायी बसोबासको प्रबन्ध गरी क्षति पुगेका घरहरूको पुनर्निर्माण गरिने निर्णय गरेको हाे। बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई प्रभावित जिल्लामा तदारुकताका साथ उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको छ ।
 
देश विभिन्न विपदसँग जुधिरहेको समयमा बैठकले मनसुनजन्य घटनालाई थप प्रभावकारी रूपमा व्यवस्थापन गर्नका लागि बनेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ पनि परिमार्जनसहित पारित गरेको छ । यसैगरी अन्य ४ वटा कार्यविधिहरू पनि पारित भएका छन् । विपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति, २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७२ (प्रथम संसोधन २०७८), आगलागीबाट क्षति भएका निजी आवास 
पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७८ र पहिरोबाट प्रभावित बस्तीको क्षेत्र अनुसन्धान सञ्चालन गर्न प्राविधिक दिशानिर्देश रहेका छन् । 

बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १को नेगी भन्ने स्थानमा रहेको जोखिमपूर्ण ढुङ्गाको व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन कोषलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै प्रत्येक जिल्लामा बाटोको पहुँच भएको ठाउँमा विपद्को घटना भएको ३० मिनेट भित्र सम्वन्धित स्थानमा उद्धारको लागि पुग्ने गरी तीनवटै सुरक्षा निकाय सम्मिलित  विपद् समर्पित प्रतिकार्य दल गठन गरी परिचालन गर्ने निर्णय भएको छ । 
तराईका बाढीको उच्च जोखिममा रहेका जिल्लाहरुमा थप मोटरबोट र रबरबोटको व्यवस्था गर्ने निर्णय समेत बैठकले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC