चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थपेको छ । कोरोना संक्रमण र मृत्युदर घट्दै गएपनि जोखिम अझैपनि कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
यसअघि थपिएको निषेधाज्ञा असार ३ गते राती १२ बजे सकिँदै थियो ।
थपिएको निषेधाज्ञामा कुनै पनि क्षेत्रलाई खुकुलो पारिएको छैन । खाद्यान्न, तरकारी तथा फलफूल, दुध, डेरी, माछा÷मासु विक्री गर्ने पसल, अण्डा, चल्ला, दाना, एग्रोभेट, खाना पकाउने ग्यास र निर्माण सामग्री विक्री गर्ने पसलहरू दैनिक बिहान ६ देखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउने छन् ।
दुध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि खुल्न पाउने आदेशमा उल्लेख छ । दोस्रो लहरमा जारी निषेधाज्ञा योसमेत गरी ६ पटक थपिएको हो ।