site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब सुन्ने किताबको पालो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि मानिस घरभित्र मात्र बस्न बाध्य छन् । कतिपय कार्यालयका काम घरबाटै भइरहेको छ । तर, पुस्तकप्रेमीलाई भने निषेधाज्ञामा पनि केही मात्रामा राहत भएको छ ।

हामीकहाँ अनलाइन पुस्तक अर्डर गर्नेक्रम बढ्दो छ । ‘लकडाउन’का कारण अधिकांश क्षेत्र बन्द हुने भएपछि ई–पुस्तक र अडियो–पुस्तकको खोेजीमा पाठकहरु थिए । त्यसको केही हदसम्मको समाधान ‘थुप्रै डटकम’ले गरेको छ ।

साढे दुई वर्षयता पुस्तकलाई प्रविधिसँग जोड्दै पुस्तकको प्रवद्र्धनमा लागेको थुप्रै डटकमले पढ्न सकिने ई–पुस्तकका साथै सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । थुप्रै डटकमको वेबसाइट र थुप्रै नामक मोबाइल एपबाट यस्ता पुस्तक खरिद गरी सुन्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अनलाइनबाट हार्डकपी (पुस्तक) अर्डर गरेअनुसार बेच्न सुरु गरेको यो एपले गत वर्ष लकडाउनमा ई–पुस्तक बेच्न सुरु गरेको थियो । विदेशी अंग्रेजी किताब डिजिटल संरचना (ई–भर्सन)मा पाइएता पनि नेपाली पुस्तक भने पाउन कठिन थियो । थुप्र्रैले चर्चित उपन्यास र गैरआख्यानका पुस्तकहरु ई–भर्सनमा ल्याएपछि हार्डकपीभन्दा सस्तोमा बेच्न सुरु गरेको छ ।

“उद्देश्य नै अनलाइनमा पढ्न रुचाउने पाठकको लागि बनाएको हो । उनीहरु जहाँ जसरी मन लाग्छ, त्यहाँ पढ्न सकून्,” थुप्रैका सहसंस्थापक दीपेश आचार्य भन्छन्, “धेरै किताब पनि बोक्नु परेन । विदेशमा हार्डकपी पु¥याउन नसक्ने अवस्थामा ई–पुस्तक उत्तम उपाय भएको छ ।”

Global Ime bank

उनले ई–पुस्तक र अडियो–पुस्तकको व्यावसायिकता खासै नभए पनि लेखक, प्रकाशक र वाचकले प्रतिलिपि अधिकारसहित आर्थिक अधिकार पाउन कानुनी रुपमा लैजान पहल गरेको बताए ।

विगतमा नेपाली पुस्तक सुन्न सीडी, रेडियो, युट्युबलगायत माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकहरूलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमा पुर्‍याउने उपाए थिएन । थुप्रैले सुरु गरेको वास्तविक अडियो–पुस्तक (अडियोबुक)को परिकल्पना नेपालमा अडियोबुकको प्रवद्र्धनको लागि कोसेढुंगा साबित हुने आचार्य बताउँछन् । उनले भने, “यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्नेछ ।”

आचार्य अडियोबुकको उपभोक्ता बढ्दै गएको विश्वास गर्छन् । कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेहरूका लागि अडियोबुक उपयुक्त हुने उनको भनाइ छ । भन्छन्, “सबै पाठकलाई पढ्न मन हुँदैन । कतिलाई सुन्न मनपर्ने हुन्छ । पुस्तकलाई सजिलै सुन्न मिल्ने अडियो भर्सनमा थुप्रैले यसपटक ल्याएको हो ।”

ई–पुस्तक हार्डकपीभन्दा पुस्तकानुसार ६० प्रतिशतसम्म सस्तो पर्ने बताइन्छ । अनलाइनमा किनेपछि तुरुन्त पढ्न पाइने र एकपटक किनेपछि सधैँभरि आफ्नै हुन्छ ।

धेरैजसो पुस्तकहरु लेखकको आफ्नै आवाजमा रेकर्ड गराइएको छ भने केही पुस्तक अरु व्यक्तिको आवाजमा रेकर्ड गराइएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, ईश्वर वल्लभ, दिनेश अधिकारी, दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, श्यामल, सुजीव शाक्य र जीवनकुमार प्रसाईंजस्ता लेखकहरूले आफ्नै आवाजमा आफ्नो कृतिहरू वाचन गरेका छन् ।

युगकवि सिद्दिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका चर्चित कृतिहरु भने रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा उपलब्ध छन् । हाललाई प्रतिअडियोबुक १०० रुपैयाँको हाराहारी पर्नेछ ।

स्वदेशी पाठकले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिङमार्फत अडियोबुक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् । यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्प्युटरबाट सुन्न सकिनेछ । यात्राको बेला ब्लुटुथ वा एन्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी–साधनमा पनि अडियोबुक सुन्न सकिनेछ ।

भविष्यमा पुस्तकको स्वप्रकाशन गर्ने लक्ष्य लिएका आचार्य भन्छन्, “सबैको पुस्तक प्रकाशन हुँदैन । त्यसैले पुस्तकको स्वप्रकाशनको अवधारणा ल्याएका छौँ । वेबसाइटमै पुस्तकको पाण्डुलिपि पठाउन मिल्ने र छापेर बिक्री भएको लेखकलाई रोयल्टी दिने योजना छ । हेरौँ, यसका लागि लकडाउन कुर्न नपरोस् ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC