site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
थप मुलुकका लागि हवाई उडान खुलाउन र उडान थप्न सिफारिस
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले थप केही मुलुकका लागि हवाई सेवा खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा साउदी अरब, यूएई, मलेसियामा उडान खुला गर्न लागिएको हो ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले साउदी अरब, यूएई, मलेसियामा रहेका नेपाली कामदार ल्याउनको लागि पनि उडान खुला गर्नुपर्ने भएकाले सोहीअनुसार सिफारिस गरिएको बताए । “हाल उडान गरिरहेका मुलुकका लागि दुई/दुई उडान र साउदी, यूएई, मलेसियामा उडान खुला गर्न प्रस्ताव भएको हो,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले हाल उडान खुला भइरहेका मुलुकका लागि उडान संख्या थप्न र अन्य मुलुकमा उडान खुला गर्न प्रस्ताव गरिएको हो । यस विषयमा औपचारिक निर्णय नभए पनि उच्चस्तरमा सहमति भएको जानकारी आएको लामिछानेले बताए ।

“मन्त्रालयले प्रस्ताव गरेअनुसार उच्च तहमा सहमति भयो भन्ने जानकारी आएको छ । तर, औपचारिक रुपमा निर्णय भएको जानकारी आएको छैन,” उनले भने ।

Global Ime bank

मन्त्रालयले हाल सातामा एक/एक उडान खुला गरिएका कतार, टर्की र चीनका लागि एक/एक उडान थप गर्न प्रस्ताव गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC