site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२७ जिल्लामा १० भन्दा कम संक्रमित थपिए, यस्तो छ देशभरको अवस्था
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा मलुकभर १३ हजार २२ वटा नमुनाको कोभिड–१९ संक्रमण परीक्षण गरिएको थियो । जसमध्ये दुई हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख १४ हजार २१६ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ६२ हजार १३७ रहेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण ५२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार ५५८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।

Agni Group

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा उपत्यकामा ३५४ जना छन् भने उपत्यकाबाहिर सबैभन्दा धेरै झापामा २३२ जना छन् । त्यस्तै, मोरङमा १६५, सुनसरीमा १५१, धादिङमा ११३ र बागलुङमा ११४ जना संक्रमित थपिएका छन् । यीबाहेक अन्य जिल्लामा थपिने संक्रमितको संख्या १०० भन्दा कम रहेको छ ।

पछिल्लो २४ घण्टामा ताप्लेजुङ, पाँचथर, इलामलगायत २७ जिल्लामा थपिने स्रक्रमितको संख्या १० भन्दा कम रहेको छ ।

Global Ime bank

हाल देशभर ५७ हजार ८२६ जना होम आइसोलेसनमा, चार हजार ३११ जना संस्थागत आइसोलेसनमा, ९०२ जना आईसीयूमा र २७९ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC