site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इजरायलद्वारा प्यालेस्टिनीको बसोबास रहेक गाजा क्षेत्रमा फेरि हवाई आक्रमण
Ghorahi CementGhorahi Cement

जेरुसेलम । इजरायली बायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धबिराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो ।

इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरूलाई लक्षित गरिएको जनाएको छ । हमास लडाकूहरूले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको भनाइ छ ।

इजरायली आक्रमणबाट कुनै जनधनको क्षतिका बारेमा विवरण प्राप्त भइसकेको छैन ।

Agni Group

मङ्गलबार सयौँ इजरायली अतिराष्ट्रवादीहरूले पूर्वी जेरुसेलममा अरब र प्यालेस्टिनीविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए । यस प्रदर्शनले पुनः हिंसात्मक शृङ्खला सुरु हुने खतरा निम्त्याएको छ ।

प्रतिक्रिया स्वरुप, गाजास्थित प्यालेस्टिनीहरूले इजरायलको दक्षिणी भेगमा बिस्फोटक पदार्थ भरिएका बेलुनहरू गाजाबाट उडाएका थिए । यी बेलुन बिस्फोटबाट करिब दश ठाउँमा आगो लागेको इजरायली सेनाको भनाइ छ ।

Global Ime bank

यहूदी समुदायको जुलुस प्रदर्शनले झिनो बहुमत सहित बनेको सरकारका साथै ११ दिनसम्म चलेको इजरायल र हमासबीचको युद्ध रोक्ने गरी भएको युद्धबिराम सम्झौतालाई सङ्कटमा पार्ने खतरा उत्पन्न गरेको छ । गत महिनाको आक्रमणमा २५० जना प्यालेस्टिनी र १३ जना इजरायलीको ज्यान गएको थियो भने गाजामा बम आक्रमणबाट ठूलो संख्यामा धनमाल क्षतिग्रस्त भएको थियो ।

यहूदी समुदायले गरेको प्रदर्शनलाई प्यालेस्टिनीहरूले अत्यन्त निन्दनीय र खेदपूर्ण भनेका छन् । हमासले उक्त प्रदर्शनको प्रतिरोध गर्न प्यालेस्टिनी समुदायसँग अपिल गरेको छ । पूर्वी जेरुसेलमकै विवादलाई लिएर गत महिना ११ दिने युद्ध भएको थियो ।

गाजा–बाजा सहितका सयौं अतिराष्ट्रवादी यहूदीहरूको समूहले दमास्कस गेट सम्म प्रदर्शन गरेका थिए । यी प्रदर्शनमा सहभागीहरू अधिकांश युवा थिए र धेरैले इजरायली झण्डा बोकेका थिए ।

तर इजरायली विदेश मन्त्री याईर लापिडले ट्वीट गर्दै उक्त प्रदर्शनको निन्दा एवं भत्र्सना गर्नु भएको छ । उहाँले जातिभेदी नाराबाजीले इजरायली जनताको अपमान गर्ने बताउनु भएको छ ।

यो प्रदर्शनमा सहभागीहरू अघिल्लो महिनाका भन्दा कम थिए । दमास्कस गेट बाट उक्त भिड पुरानो शहरबाट पश्चिमी पर्खालतर्फ गएको थियो जहाँ यहूदीहरूले प्रार्थना गर्ने गर्दछन् । एपी/रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC