site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्र रोजेकी लुम्बिनी प्रदेश सांसद ओलीलाई एमालेले सोध्यो स्पष्टीकरण
Sarbottam CementSarbottam Cement

दाङ । नेकपा (एमाले)ले दाङ क्षेत्र नम्बर–३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य विमलाकुमारी खत्री ओलीलाई आज तीनदिने स्पष्टीकरण सोधेको छ ।

गएको जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेका तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा परी निधन भएपछि ओली पत्नी विमला नेकपाको तर्फबाट उपनिर्वाचनमा उम्मेदवार भई प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको लामो समयपछि विमलाले गएको वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्र रोजेकी थिइन् ।

Global Ime bank

स्पष्टीकरणमा पार्टी रोज्नुअगाडि नै एमाले संसदीय दलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागी भइसकेपछि विमलाले रोज्न पाउने हक गुमाइसकेको उल्लेख छ । “पार्टीको ह्वीपविपरीत सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको कारण खोज्दै एमालेले तपाईंमाथि कारबाही किन नगर्ने ?,” स्पष्टीकरणपत्रमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC