site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राहत र पुनस्थापनाका लागि सहयोग गर्नोस् : मेलम्ची नगरप्रमुख
Ghorahi CementGhorahi Cement

मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले तत्कालका निम्ति बाढीबाट प्रभावितलाई राहत र पुनस्थापनाका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

बुधबार सभामुख अग्निप्रसाद सापकोटासितको छलफलमा उनले मेलम्ची बजार क्रमशः डुब्दै गएकोले आफूहरु त्रसित रहेको पनि बताए ।

Agni Group

उनले मेलम्ची नगरपालिकामा ३०० र नेपाली सेनाको ब्यारेकमा ३०० गरी बाढीबाट प्रभावित ६०० जनालाई खानाको व्यवस्था गरिएको जानकारी दिए । छलफलमा प्रदेशसभा सदस्यहरु पनि सहभागी छन् ।

सभामुख सापकोटा आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ गएका हुन् । उनले बाढीबाट प्रभावित बनेका स्थानीयसँग कुराकानी गरेका छन् । क्षतिबारे जानकारी लिएका छन् ।

Global Ime bank

इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC