site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाढी पहिरोग्रस्त क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतका लागि कांग्रेस सभापतिको अपिल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरोग्रस्त क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतका कार्यक्रम संचालन गर्न सरकारसँग अपिल गरेका छन् । सभापति देउवाले विज्ञप्ति जारी गर्दै उद्धार र राहतमा ढिला नगर्न सरकारको ध्यानाकयर्षण गराएका हुन् । 

“सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु तथा मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्लालगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,” सभापति देउवाले विज्ञप्तिमा भनेका छन्, “युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफ्ना पार्टीका कार्यकर्तालाई पनि उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।
 
“स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको छ,” देउवाले भनेका छन्, “पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपतको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपिल गर्दछु ।” उनले अवका दिन बाढी पहिरोको जोखिम अझ बढ्ने भन्दै पूर्वतयारी मजबुत पार्न तीन तहका सरकारबीच समन्वय गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । 

“बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्न सक्ने पूर्व घोषणा दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीनओटै तहका सरकारहरुलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न नेपाली कांग्रेसतर्फबाट अपिल गर्दछु,” देउवाले विज्ञप्तिमा भनेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC